विकासका काममा साझेदारी गर्न कोशी प्रदेश समन्वय परिषद् गठन

विकासका काममा साझेदारी गर्न कोशी प्रदेश समन्वय परिषद् गठन

विराटनगर । प्रदेश समन्वय परिषद् कोशी गठन भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश समन्वय परिषद् कोशी गठन गर्नु भएको हो । स्थानीय तहका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख मध्येबाट मुख्यमन्त्रीले समन्वय परिषद्मा सदस्य मनोनीत गर्ने व्यवस्था रहेको छ । परिषदमा आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय पदेन सदस्य रहने व्यवस्था रहेको छ । परिषद्ले प्रदेश सरकार र स्थानीय सरकारबीच विकास निर्माणमा साझेदारी गर्ने र बजेट कार्यान्वयन गराउन सहजीकरण गर्ने छ ।

यस्तै, परिषद्ले प्रदेश सरकारलाई नीति निर्माण गर्ने आवश्यक सुझाव लिने काम गर्ने छ । यस्तै, परिषद्ले स्थानीय तहमा भएका नीतिगत समस्या समाधानका लागि प्रदेश सरकारलाई सुझाव दिने र लिने काम गर्छ । मुख्यमन्त्री कार्की ३ जना नगरप्रमुख, ३ जना उप प्रमुख, ३ जना गाउँपालिका अध्यक्ष, ४ जना उपाध्यक्ष र एक जना जिल्ला समन्वय समितिका प्रमुखलाई प्रदेश समन्वय परिषदमा मनोनीत गरेको प्रमुख स्वकीय सचिव जीवन कार्कीले बताउनु भयो् ।

मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश समन्वय परिषदमा पाथीभरा यांगवरक गाविस ताप्लेजुङका अध्यक्ष केशर कुमार सुब्बा, मिक्लाजुंग गाउँपालिका पाँचथरका उपाध्यक्ष अमरराज माखिम, इलाम नगरपालिकाका मेयर केदार थापा, दमक नगरपालिकाका मेयर राम थापालाई मनोनीत गर्नु भएको छ ।

यस्तै, परिषद्को सदस्यमा विराटनगर महानगरका उप मेयर शिल्पा कार्की, इटहरी उपमहानगरका उप मेयर सङ्गीता चौधरी, लिखु गाउँपालिका ओखलढुङ्गाका उपाध्यक्ष अस्मिता थापा ,छथर जोरपाटी गाउँपालिका धनकुटाका उपाध्यक्ष गीता खेवा, छथर गाउँपालिका तेह्रथुमका अध्यक्ष सन्तवीर लिम्बु, धर्मदेवी नगरपालिकाका उप मेयर तारा महत परिषद्को सदस्यमा मनोनीत भएका छन् ।

यस्तै, षडानन्द नगरपालिका भोजपुरका प्रमुख सुरेन्द्र कुमार उदास, जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष गौरबहादुर विश्वकर्मा, केपीलास गढी गाउँपालिका खोटाङका उपाध्यक्ष गुरुराम राई , र थुलुंग दुधकोशी गाउँपालिकाका अध्यक्ष असीम राई समन्वय परिषद्को सदस्यमा मनोनीत भएका छन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.