ताप्लेजुङमा यो वर्ष समयमै पाठ्यपुस्तक

ताप्लेजुङमा यो वर्ष समयमै पाठ्यपुस्तक

ताप्लेजुङ । ताप्लेजुङमा सरकारी विद्यालयका पाठ्यपुस्तक बिक्री वितरण गर्न थालिएको छ । यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले आगामी शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई पाठ्यपुस्तक बिक्री गर्न थालेका हुन् ।

लामो समयदेखि यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले पुस्तक खरिद गरेर बिक्री वितरण गर्दै आएका छन् । विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि पाठ्यपुस्तक आइपुग्दैनथ्यो । यो वर्ष समयमै पाठ्यपुस्तक आएपछि विद्यार्थीलाई सहज हुने देखिएको छ । जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमा नै पुस्तक छापेकाले चाँडै पुस्तक ल्याउन सकिएको पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका अध्यक्ष ज्ञानप्रसाद मिश्रले बताउनुभयो ।

यो पटक कक्षा १ देखि १० सम्मका तीन हजार सात सय थान पुस्तक ल्याइएको छ । अघिल्लो शैक्षिक सत्रमा बिक्रीवितरण भएको सङ्ख्याका आधारमा अनुमान गरेर पुस्तक ल्याइएको र यसले यहाँका सबै विद्यालयलाई पुग्ने महासङ्घले जनाएको छ । नपुगेको खण्डमा भने पुनः ल्याएर बिक्री वितरण गर्ने बताइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.