मोरङमाा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन

मोरङमाा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले सुरक्षा व्यवस्था चुस्त एवं दुरुस्त राख्न निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको मंगलबार निरीक्षण गर्दै उहाँले जिल्लामा शान्तिसुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न प्रहरी गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख बाँस्तोलाले सीमा क्षेत्रमा कडाइका साथ जाँच पडताल गरी चोरी तस्कारी, लागुऔषधको प्रयोगजस्ता घटना हुन नदिन प्रहरी सदैव क्रियाशील हुनुपर्ने भन्दै सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी नियम उल्लङ्घन हुन नदिन प्रहरी सचेत हुनुपर्ने बताउनुभयो ।

निर्देशनकै क्रममा उहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरश पालना गर्न तथा सामाजिक सञ्जालको सही सदुपयोग गर्न र आम सेवाग्राहीसँग समान व्यवहार गर्न तथा सदैव प्रहरी सङ्गठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । सो अवसरमा प्रहरी उपरीक्षक दीपक पोखरेलले समग्र जिल्लाको वस्तुस्थितिको बारेमा अवगत गराउनुभएको थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *