कोशीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । बुधबार तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भूभागमा आंशिक बदली छ । बाँकी भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
Leave a Reply