सांगीतिक सम्पदाको जगेर्नामा कस्सिए गन्धर्व समुदायका युवा

सांगीतिक सम्पदाको जगेर्नामा कस्सिए गन्धर्व समुदायका युवा

ताप्लेजुङ। परम्परागत रुपमा गीत सङ्गीतका माध्यमबाट जीविकोपार्जन गर्दै आएको गन्धर्व समुदायका युवा सारङ्गी बोकेर सुदूरपूर्वी जिल्ला ताप्लेजुङमा आइपुगेका छन् । तराईका विभिन्न सहर, बजार हुँदै पहाड चढेका ती युवाका साथमा सारङ्गी र मादल छन् ।

मंगलबार घाम उदाएसँगै सदरमुकाम फुङलिङको तोक्मे डाँडामा भेला भएका उनीहरूले करिब एक घण्टा बसेर मादल र सारङ्गीको धुनसँगै दर्जनौँ गीत गाएर सुनाए । त्यसपछि गाडी चढेर उनीहरू गाउँतर्फ लागेका छन् ।

परम्परागत साङ्गीतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले आफूहरू बजार र बस्तीमा सारङ्गी बोकेर हिँडिरहेको उनीहरूले बताए । “गन्धर्व समुदायमा आधारित साङ्गीतिक सम्पदाको संरक्षण साथै यो समुदायको उत्थान र विकासमा राज्यको ध्यानाकर्षण गराउने उद्देश्यसहित अभियान नै बनाएर हिँडिरहेका छौँ”, पूर्वाञ्चाल गन्धर्व सांस्कृतिक उत्थान समाजका अध्यक्ष रविन गन्धर्वले भन्नुभयो ।

आधुनिक प्रविधिको आगमन र राज्यको उचित सहयोग नहुँदा लोक बाजा र परम्परागत साङ्गीतिक सम्पदा माँसिदै गएको उहाँको भनाइ छ । “सारङ्गी बजाएर गाउँदै हिँड्दा मात्रै जीविका चलाउन मुस्किल छ, सानो सङ्ख्यामा भएका हामीलाई राज्यको पनि सहयोग भएन, गन्धर्वलाई हेर्ने सामाजिक दृष्टिकोण पनि फेरियो, त्यसैले हाम्रो उत्थान र विकासका लागि केही नयाँ योजनासहित अघि बढेका छौँ, यसमा सरोकारवाला सबैको साथ चाहिएको छ”, उहाँले भन्नुभयो ।

आगामी दिनमा गन्धर्व समुदायका कलाकार सम्मिलित व्याण्ड नै बनाएर अघि बढ्ने पनि उहाँको भनाइ छ । चोकचोकमा मागेरै हिँड्ने परिस्तिथिको अन्त्य गर्दै पेशा व्यवसायलाई परिस्कृत गर्दा परम्परा पनि जोगिने र व्यावसायिक विकास पनि हुने उहाँले बताउनुभयो । पछिल्लो समय आधुनिक गीत सङ्गीतको बढ्दो विकास क्रमले परम्परागत रुपमा रहेको गन्धर्व समुदायले गाउँने गीत सङ्गीत ओझेलमा पर्दै गएको पाइन्छ । पहिलेपहिले जस्तो सारङ्गी रेटेर गाउँदै हिँड्ने चलन आज कल घट्दै गएको स्थानीय बताउँछन् ।

परापूर्वकालदेखि नै लोक सङ्गीतको संरक्षण र सम्र्वद्धनमा योगदान पु¥याउँदै आएको गन्धर्व समुदायको मुख्य वाद्यवादन भनेको सारङ्गी हो । परापूर्वकालदेखि नै उनीहरूले सारङ्गी रेट्दै सुख दुःखका गीत सुनाएर हिँड्ने गर्नुहुन्थ्यो । सूचना आदानप्रदान गर्न अहिले जस्तो सञ्चार माध्यम नहुँदा सूचनाका मुख्य सम्वाहक बनेका उहाँहरूले देशका सहर बजारदेखि पहाडका कुनाकाप्चा र गाउँघरमा पुगेर राष्ट्र र राष्ट्रियताको सन्देश गीतमार्फत नै सुनाउने गर्नुभयो ।

जानकारका अनुसार सुखदुःखका खबर आदानप्रदान गर्न, सङ्गीतका माध्यमबाट मनोरञ्जन प्रदान गर्नका लागि गाइने अर्थात् गन्धर्व समुदायका मानिस मरिमेटी लाग्थे गर्थे । गीत सङ्गीतमा नै आफूलाई समर्पित गर्दै यसकै माध्यमबाट जीविकोपार्जन गर्दै आएका उहाँहरुलाई आज कल सहज छैन ।

आधुनिक प्रविधिको आगमन र विकाससँगै गन्धर्व समुदायको परम्परागत गीत सङ्गीत ओझेलमा छ । मानिस आधुनिक गीत सङ्गीततर्फ आकर्षित हुँदै गएका छन् । गन्धर्वले प्रयोग गर्ने सुमधुर आवाज दिने वाद्यवादन सारङ्गी वैद्धिक कालभन्दा अघि नै उत्पत्ति भएको मानिन्छ । आधुनिक बाजागाजाको विकासक्रमले सारङ्गी ओझेलमा पर्न थालेको उहाँहरूले बताएका छन् ।

प्रविधिको विकास र परिवर्तनशील सामाजिक दृष्टिकोणले गर्दा गन्धर्व समुदायको पछिल्लो पुस्ता प्राय अन्य पेशा व्यवसायमा पलायन भइरहेको बताइन्छ । तर विभिन्न चुनौतीका बीच पनि परम्परागत गीत सङ्गीतको जगेर्ना गर्ने अभिप्रायले केही युवा भने लागि रहेको पाइन्छ । जसको उदारण बनेका छन् रविन गन्धर्व र उहाँसँग हिँडिरहेका केही युवाहरू ।

गन्धर्व समुदायको साङ्गीतिक सम्पदालाई जोगाउन उहाँहरूलाई राज्यले प्रोत्साहन गर्नुपर्ने फुङलिङका व्यवसायी छत्र विकले बताउनुभएको छ । सीप विकासका कार्यक्रम गरेर, कार्य सम्पादनका अवसर सिर्जना गरेर उक्त समुदायलाई सहयोग पु¥याउन सके पहिचान दिने कला संस्कृति हराएर नजाने उहाँको भनाइ छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.