संसारकै आकर्षक झण्डा नेपालको, यस्तो छ इतिहास

संसारकै आकर्षक झण्डा नेपालको, यस्तो छ इतिहास

विराटनगर ।
लडाइको मैदानमा आफ्ना सैनिकलाई एकत्रित गर्न निश्चित ठाउँमा रंगीन कपडा फहराइने भएकाले झण्डाको शुरुवात सेनाले गरेको जनविश्वास रही आएको छ । यस्तो कपडा देखेपछि टाढा–टाढा रहेका सैनिकहरु पनि एकै ठाउँमा भेला हुन पुग्दथे ।
सबैभन्दा पहिले चीन, भारत वा रोमबासीहरुले कपडाको झण्डा प्रयोग गरेको भनिन्छ तर यो पनि पुष्टि भएको छैन । इसापूर्व ११२६ मा चीनमा रहेको झाओ राजबंशका बेला सेतो रङको झण्डा प्रयोग भएका प्रमाण फेला परेका छन् ।संसारको सबैभन्दा पुरानो राष्ट्रिय झण्डा डेनमार्कको झण्डालाई मानिन्छ, जुन सन् १२१९ मा प्रयोग शुरु गरिएको हो । त्यसपछि सन् १३३९ मा स्वीट्जरल्याण्डले पनि आफ्नो राष्ट्रिय झण्डा प्रयोगमा ल्याएको हो ।
१९ औं शताब्दीसम्म आइपुग्दा प्रत्येक देशले आ–आफनो राष्ट्रिय झण्डा छनोट गरेका हुन् । अमेरिकामा जेएल हड्सनले विश्वमै सबैभन्दा ठूलो झण्डा बनाएका थिए । सन् १९४९ जुन १४ मा निर्मित उक्त झण्डाको लम्बाई ३२५ फुट र चौडाई १०४ फुट थियो । १ हजार ५ सय पाउण्ड तौलको उक्त झण्डालाई प्रत्येक बर्ष १४ जुनका दिन अमेरिकामा फहराउने गरिन्थ्यो, जुन चलन हालसम्म पनि कायम छ ।
अमेरिकी झण्डामा हुने ५० वटा ताराले त्यहााका ५० वटा राज्यको संकेत गर्छ । यसैगरी भारतको तिरङ्गा अर्थात तीन रङले बीरता, शान्ति र समृद्धिको अर्थ राख्ने गर्दछ । बलिदान, शान्ति र समृद्धिको अर्थ राख्ने दुईवटा त्रिभुजाकारबाट बनेको नेपालको झण्डा संसारमा बिशेष आकर्षक मानिन्छ । यसमा आठ कुने चन्ऽमा र १२ कुने सूर्य राखिएको हुन्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *