प्रविधि विश्लेषण अनुसन्धान तालिम सम्पन्न

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयमा सञ्चालन भएको पाँच दिनको प्रविधि विश्लेषण अनुसन्धान तालिम सम्पन्न भएको छ । यही चैत २० गतेदेखि सञ्चालन भएको सो तालिममा कोशी प्रदेश प्रहरी कार्यालय तथा १४ वटै जिल्ला प्रहरी कार्यालय र सोअन्तर्गत रहेका मुद्दा चल्ने इलाका प्रहरी कार्यालयबाट ४० प्रहरी अधिकृतको सहभागिता रहेको थियो ।
प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै तालिममा सिकेको ज्ञान र सीपलाई कार्य क्षेत्रमा अक्षरसः कार्यान्वयन गरी अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रहरी उपरीक्षक श्यामकुमार मण्डलसहितको प्राविधिक प्रहरी टोलीले सूचना तथा प्रविधिको प्रयोग गरी अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन तालिममा सहभागीलाई प्रशिक्षण दिनुभएको थियो । तालिममा उहाँले डिजिटल फोरेन्सिक, मोबाइल फोरेन्सिक,र्याम कैद र सिडीआर विश्लेषणसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
Leave a Reply