कोसी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

विराटनगर । देशमा हाल स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ । अहिले देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भागमा मौसम सामान्यतः सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का-क्षणिक वर्षाको सम्भावना छ ।
आज राति कोसी प्रदेशका साथै देशका पहाडी भागमा आंशिक बदली रही बाँकीमा मौसम सामान्यतः सफा रहने विभागको बुलेटिनमा उल्लेख छ ।
Leave a Reply