कोशी प्रदेशसहित देशका केही भागमा वर्षा हुने

काठमाडौं । देशमा हाल स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भागमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सामान्यतः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कर्णाली प्रदेशको पहाडी भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ।
राति मौसम सामान्यतया सफा रहेपनि शुक्रबार । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Leave a Reply