एमाले भोजपुरले सुरु गर्यो डिजिटल अभियान

एमाले भोजपुरले सुरु गर्यो  डिजिटल अभियान

भोजपुर । नेकपा एमालेले भोजपुरमा ‘डिजिटल सदस्यता’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत जिल्लाका ९ वटै पालिकाका ३ देखि ५ जनालाई तालिम प्रदान गरिएको छ । नयाँ सदस्यता वितरण, नवीकरण र अद्यावधिक गर्न यही चैत २५, २६ र २७ गते वडास्तरमा शिविर चलाइने एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले सञ्चारमाध्यमलाई जानकारी दिनु भयो ।

तालिमप्राप्त पालिकाका प्रतिनिधिहरूले जिल्लाका ८१ वटै वडामा पुगेर शिविर चलाउने राईले बताउनु भयो । उहाँका अनुसार पार्टीको एप र सफ्टवेयर अनुसार जिल्लाका सबै सदस्यहरूको तथ्यांक डिजिटलाइज हुनेछ । ‘यसले सांगठानिक काममा पनि चुस्तता आउने विश्वास लिएका छौं । एकातिर सदस्यतासम्बन्धी विवरण पेपरलेस हुनेछ भने अर्कोतिर सदस्य स्वयंले पनि आफ्नो सदस्यतासम्बन्धी सम्पूर्ण विवरण मोबाइलबाटै थाहा पाउन सक्नेछन् ‘,अध्यक्ष राईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.