काठमाडौं । देशमा हाल पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। केही पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।
दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस प्रदेशका बाँकी ठाउँमा मौसम सामान्यतः सफा रहने छ। कोशी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
देशको पहाडी क्षेत्रमा राति आंशिक बदली रही बाँकीमा मौसम सामान्यतः सफा रहने छ। कोशी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा राति मेघ गर्जन र चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ। यस्तै यस्तो समभावना र गण्डकी प्रदेशका केही भागमा पनि भएको विभागको बुलेटिनमा उल्लेख छ ।
आगामी २४ घण्टामा देशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ । क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा आग्रह गरेको छ ।