एमाले मोरङ-काठमाडौं सम्पर्क मञ्च मिसन ग्रासरुटअन्तर्गत पालिकास्तरीय पुनर्गठन र प्रशिक्षण सम्पन्न

एमाले मोरङ-काठमाडौं सम्पर्क मञ्च मिसन ग्रासरुटअन्तर्गत पालिकास्तरीय पुनर्गठन र प्रशिक्षण सम्पन्न

काठमाडौं । नेकपा (एमाले) मोरङ–काठमाडौं सम्पर्क मञ्च मिसन ग्रासरुट अन्तर्गत पालिकास्तरीय मन्च पुनर्गठन तथा बृहत् प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय नेतादेखि अगुवा कार्यकर्ताको सहभागितामा शनिबार काठमाडौंको एम्बिसन एकेडेमी बानेश्वरमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि एमाले स्थायी समिति सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डितले एमालेको मिसन ग्रासरुट अभियानको समबन्धमा प्रकाश पार्नुभयो । उहाँले एमालेले अघि सारेको मिसन ग्रासरुट अभियानलाई गाउँसहरका जनताले मन पराएको जनाउनु भयो । उहाँले यस अभियानले एमालेका नेता, अगुवा कार्यकर्ता र जनताबीच गहिरो सम्बन्ध राख्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । शनिबारको कार्यक्रममा मञ्चका पूर्वअध्यक्ष, एमाले अगुवाकर्ता, सदस्यलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

ग्रासरुट अभियानकै सिलसिलामा मोरङ जिल्लामा रहेका १७ वटा पालिकाको कमिटी पुनर्गठन पनि गरिएको छ । सम्पर्क मञ्चले मोरङका १७ वटा पालिकामा संयोजक तोकेर पाँच सदस्यीय समिति पुनर्गठन गरेको छ । मोरङका विभिन्न पालिकामा स्थायी बसोबास भइ कामका सिलसिलामा काठमाडौंमा बस्दै आएका एमालेमा आबद्ध सदस्यहरु संगठित छन् । यसैक्रमा १७ वटा पालिकास्तरीय मञ्च पुनर्गठन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । एमाले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं भन्ने मुख्य नारा साथमा लिएर मिसन ग्रासरुट अभियान सञ्चालन गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.