न्यूरो हस्पिटलले निकाल्यो छारे रोगसम्बन्धी सचेतना र्‍याली

न्यूरो हस्पिटलले निकाल्यो छारे रोगसम्बन्धी सचेतना र्‍याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारे रोग दिवसको अवसरमा सचेतनामुलक र्‍याली निकालेको छ । न्यूरो हस्पिटलदेखि सुरू भएको र्‍यालीले विराटनगर महानगरपालिका क्षेत्र परिक्रमा गरेको थियो । र्‍यालीमा चिकित्सक, स्वास्थ्यकर्मी र हस्पिटलमा कार्यरत कर्मचारी,विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

‘छारे रोग बारे घर– घर, टोल टोलमा कुरा गरौं, छारे रोग सरुवा रोग होइन्, समयमै उपचार गरे छारे ठिक हुन्छ’ लगायत लेखिएका प्लेकार्ड बोकेर सरोकारवाला,कर्मचारीलगायत र्‍यालीमा सहभागीहरु थिए । विश्व छारे रोग दिवसको अवसरमा न्यूरो हस्पिटलले एक हप्तासम्म निःशुल्क ओपीडी सेवा सुरु गरेको छ । चैत १२ देखि १७ गतेसम्म छारे रोगसम्बन्धी उपचार सेवाको लागि हस्पिटलले ओपीडी सेवा निःशुल्क राखेको छ । स्वास्थ्य जाँच गरिएका विरामीहरुका लागि औषधी पनि वितरण गरिने हस्पिटलले जनाएको छ ।

न्युरो हस्पिटलले प्रत्येकवर्ष विश्व छारे रोग दिवसमा सचेतना मुलक कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ।‘समयमै उपचार गरौं, छारे रोगबाट बचौं’ भन्ने मुख्य नाराका साथ यो दिवसमा न्यूरोले सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । स्वास्थ्यसँग सम्बन्धित विभिन्न दिवसमा सामाजिक कार्यसँगै सचेतना अभियानमा पनि न्यूरो हस्पिटलले अग्रसर भएर लागी पर्दै अभियान सञ्चालन गर्ने गरेको छ । २२ वर्षदेखि निरन्तर न्यूरो हिस्पटलले स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रभाह गरेको कारणले यो अस्पताल विरामीको रोजाइको पहिलो गन्तब्य बन्ने गरेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *