स्थिर सम्पति बेचेरै भए पनि बचतकर्ताको रकम फिर्ता गर्छाैः– तुलसी बहुमुखी सहकारी

स्थिर सम्पति बेचेरै भए पनि बचतकर्ताको रकम फिर्ता गर्छाैः– तुलसी बहुमुखी सहकारी

विराटनगर÷ विगत एक दशक लामो समय देखि सञ्चालनमा रहेको तुलसी बहुमुखी सहकारी संस्था लि. ले विगत केही दिन यता विभिन्न अनलाईन सञ्चार माध्यमहरुमा प्रकाशित भ्रामक समाचारका प्रति आफनो गम्भिर ध्यानक्रर्षण भएको जनाएको छ ।
विराटनगर महानगरपालिका वडा न. २ मा मुख्य कार्यालय रहेकायो संस्थाले आज विज्ञप्ति मार्फत ग्राहकहरुलाई अफवाहको पछि नलाग्न आग्रह गर्दै बचतकर्ताको रकम सुरक्षित रहेको र सम्पूर्ण रकमफिर्ता गर्ने सञ्चालक समितिकातर्फबाट प्रतिवद्धता ब्यत्तजनाएको हो ।
संस्थाले शेयर सदस्यलाई सहज र विश्वासिलो वित्तिय सेवाप्रदानगर्दै आइरहेको बताउँदै ग्रहककै विश्वास र रोजाइका कारण १० वर्षमा नै ४ वटा सेवाकार्यालय मार्फत सन्जालबिस्तार गर्न सफलभएको जनाएको छ । संस्थाले मुख्यकार्यालय र सदस्य सेवा केन्द्र सहित ४ वटाकार्यालय सञ्चालन गरेको बताउँदै पछिल्लो केही समय देखि देशले भोगी रहेको आर्थिक मन्दिले सबै तिर परिरहेको असरबाट सहकारीलाई पनि असर गरेको उल्लेख गरेको छ । तर यसको बावजुतपनि यस सहकारीमा बचत कर्ताको रकम सुरक्षित रहेको दावी गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मन्दिप खवाशद्धारा जारी विज्ञप्तिमा भनिएको छ, पछिल्लो समयमा मुलुकभित्र देखिएको चरम आर्थिक मन्दिका कारण हामीले गरेको लगानीजुन रुपमा उठ्नु पर्ने हो, उठ्न सकिरहेको छैन । बचत कर्ताको रकम सुरक्षितरुपमा ऋण प्रवाह गर्ने नै हो । तुलसीबहुमुखी सहकारीले तुलसीफुल स्टिम राइस प्लान्ट, कृषि उपज खरिद बिक्री, कृषिऔजार, गार्डेनमार्ट डिपार्टमेन्ट स्टोर लगायत साना तथा मझौला व्यवसायीहरु मापनि ऋण लगानी गरेको छ । संस्थाले आर्थिक मन्दिको मारमा पर्नु भएका सयौँ साना तथा मझौला व्यवसायीले सहकारीबाट लिनु भएको ऋण तिर्न नसकेको उल्लेख गर्दै मानवियताका कारण पनियस्तो प्रतिकुल अवस्थामा ऋण तिर्न नसकेका ग्राहलाई अनावश्यक मानसिक यातना दिन नसकेको उल्लेख गरेको छ । अफना कर्मचारी ग्राहकहरुसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै संस्थाले अवस्था सहजहुँदै जाँदा सहकारीका ऋणीहरुले लगानीफिर्ता विश्वास पनिव्यक्त गरेको छ ।
पछिल्लो समयमा केही अनलाइन सञ्चार माध्यमबाट समाचार आए पछि धेरै सदस्यहरु एकै पटक आफ्नोे बचत रकमफिर्ता लिन सदस्य सेवा काउन्टरमाआइरहेको उल्लेख गर्दै सहकारीले सबै जना सदस्यहरु एकै पटक बचत झिक्न आउँदा सहकारीमा तरलता सकिएकोले पुर्वाञ्चल शाखाहरुमा एकै पटक असर देखिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ग्राहकहरुले एकै पटक रकम निकाल्दा हामीले सहकारी ऐन बमोजिम राखेको तरलता पनि सकिएको छ । बचतको ठुलो हिस्सा हामीले बजारमा लगानी गरेका छौ । त्यो लगानी सुरक्षीत छ । तर मुलुकको अर्थतन्त्रमासिर्जना भएको असहजअवश्थाले सबै लगानी सहजरुपमा उठ्न सकिरहेको छैन ।एकै पटक धेरै शेयर सदस्य बचत फिर्ता लिन आउदा हामीलाई बचत फिर्ता गर्न केहि असहजभएको छ यसले हाम्रा शेयर सदस्यलाई पर्न गएको असुविधा प्रतिहामी पूर्ण रुपमा जानकार छौ र दुखिपनि छौ ।
संस्थाले बिगतमा जुन विश्वासल ग्राहकरु आफूसँग जोडिनु भएको थियो त्यहि विश्वास आजपनि देखाईदिन अनुरोध गर्दै आफूसँग भएका स्थिर सम्पति बेचेरै भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.