सातै प्रदेशमा सरकार त बन्यो तर पुरा कार्यकाल हुनेमा शंका

सातै प्रदेशमा सरकार त बन्यो तर पुरा कार्यकाल हुनेमा शंका

अनुसा थापा, बिराटनगर । सातै प्रदेशले नयाँ सरकार पाए पछि गठबन्धनको सरकार कति लामो टिक्छ वा टिक्दैन भन्ने सवाल उठ्न थालेको छ ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी, कर्णालीमा माओवादीका राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् ।

यसै गरी प्रदेश १ मा एमालेका हिक्मतकुमार कार्की, बागमती प्रदेशमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल र गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनिसकेका छन् ।
तर, राजनीतिक जगमा भन्ने हो भने यी सातवटै सरकार पाँच वर्ष चल्ने वा चल्दैन भन्नेमा शंका शुरु भएको छ । प्रदेश १ मा एमालेले सरकार चलाउने भए पछि प्रदेश १ माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो आफनो पालो नआउने भए पछि बोलाउन थालेको एक नेता बताउछन् ।

९३ सिट रहेको प्रदेश १ मा बहुमतको सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । कुनै पनि दलले स्पष्ट बहुमत पाएनन् । एमाले ४०, कांग्रेस २९, माओवादी १३, राप्रपा ६, एकीकृत समाजवादी ४ र जसपाका एक सांसद छन् । कार्कीको नेतृत्वमा एकीकृत समाजवादी र कांग्रेस बाहेकको सरकार बनेको हो । कार्की ६० सांसदको समर्थनमा मुख्यमन्त्री भएका हुन् ।
मधेश प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छ । सुरुमा मुख्यमन्त्री भएका जसपाका सरोज यादवले अढाइ वर्षपछि जनमत पार्टीलाई मुख्यमन्त्री छाड्नुपर्नेछ । मधेश प्रदेशको चुनावी अंकगणित पनि कुनै पनि दलको पक्षमा एकल बहुमत नरहेका कारण आलोपालो नेतृत्व गर्ने गरी सहमति जुटाएको नेताहरु बताउँछन् ।

कुल १०७ सांसद रहेको मधेश प्रदेशसभामा बहुमतका लागि ५४ सांसद चाहिन्छ । तर, ठूलो दल एमालेले २३ र कांग्रेसले २२ सिट जितेको छ । माओवादीसँग १२ र लोसपासँग ९ सिट छ । जसपासँग १६ र जनमतसँग १३ सिट छ । ६ जना स्वतन्त्र सांसद छन् ।

यसै गरी बागमती प्रदेशमा माओवादी र एमालेले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति छ । त्यसअनुसार सुरुमा मुख्यमन्त्री भएका शालिकराम जम्कट्टेलले आधा कार्यकाल नेतृत्व गर्नेछन् । सरकार बनाउन ५६ सीट आवश्यक पर्ने ११० सदस्यीय बागमती प्रदेशसभाको अंकगणित रोचक छ । बाबुराम भट्टराईको समाजवादी पार्टीबाट जितेका गंगा नारायण श्रेष्ठलेसमेत मुख्यमन्त्रीको दाबी पेश गर्ने विचार गरेका थिए । तर, माओवादीकै चुनाव चिन्हबाट जितेका कारण उनले दाबी गर्न पाएनन् । कांग्रेस पहिलो दल रहेको यस प्रदेशमा एमाले, माओवादी र राप्रपा तीनै दलले मुख्यमन्त्री दाबी गरेका थिए ।

तर, राप्रपालाई सभामुख दिने गरी एमाले र माओवादीले मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति गरेका हुन् । बागमतीमा कांग्रेससँग ३७ सिट छ भने एमाले २७, माओवादी २१, राप्रपा १३, एकीकृत समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीसँग २ सिट छ ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । अन्य प्रदेशको तुलनामा यो प्रदेशमा आलोपालोको स्वर सानो छ । तर, सबै प्रदेशमा आलोपालो हुने अवस्थामा गण्डकी प्रदेशमा किन नहुने भनेर माओवादीका सांसदहरुले आवाज उठाइरहेका छन् ।

अघिल्लो चुनावमा एमालेको पकड रहेको गण्डकीमा यसपटक कांग्रेस पहिलो दल बनेको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसले २७ सीट जितेको छ भने एमालेले २२ र माओवादीले ८ सिट जितेको छ । दलको संख्या थोरै रहेको गण्डकी प्रदेशसभामा राप्रपाका २ र जसपाका १ जना सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.