बिराटनगर । पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ८ घुमाउने टारमा गए राति आगलागी हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
एक घरमा आगलागी हुँदा अन्य २ जना घाइते छन् भने ३ जनाले भागेर ज्यान जोगाएका छन् ।
स्थानीय मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे आगलागी भएको हो ।
मेघबहादुरकी बुहारी २३ वर्षकी आसाङसिं थेवे र २२ वर्षकी छोरी ममता गुरुङको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले सेतोपाटीलाई बताए ।
आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका छन् ।
आगलागीबाट घर पूर्णरूपमा क्षति भएको छ । अन्नपात, गरगहना, किराना पसलसमेत गरी करिब ५० लाख बराबरको धनमाल क्षति भएको हुन सक्ने प्रहरीले जनाएको छ ।