बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरगंले मोटरसाईकल चोरीको आरोपमा ३ जनालाई प्रकाउ गरेका छ ।
विराटनगर–९ ठाकुरवाडी रोडबाट गत पुस १४ गते साँझ मोटरसाइकल चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजानिक गरेको हो ।
पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका ७ का २१ वर्षीय रबिन राजबंशी, बुढीगंगा गाउँपालिका ७ का २५ वर्षीय पन्चदेव खवास र विराटनगर–१९ का २१ वर्षीय विकेश खवास रहेका छन् । उनीहरुले प्रदेश नम्बर ०१–०२–०४२ प ३७७७ नम्बरको मोटरसाइकल चोरी गरेर फरार भएका थिए । तीनैजनालाई जिल्ला प्रहरी कार्यालयको टोलिले मोटरसाइकल सहित नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिएका छन् ।