बुटवलका डिएसपी केसीलाई सुन र पैसाको लोभले जागिर धरापमा

बुटवलका डिएसपी केसीलाई सुन र पैसाको लोभले जागिर धरापमा

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीलाई प्रधान कार्यालय नक्सालले निलम्बन गर्ने भएको छ । पैसा र सुनमा लोभिए पछि यो समस्या आएको हो ।
प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए।

‘उनलाई निलम्बन गर्ने प्रक्रियामा छ। त्यसपछि उनीमाथि थप अनुसन्धान अघि बढ्छ,’ उनले भने।  प्रारम्भिक अनुसन्धानमा उनको गतिविधि शंकास्पद देखिएकै कारणले नियन्त्रणमा लिएको डिआइजी राईले बताए।  सुन व्यापारीहरूसँग रकम असुली गरेको सूचनापछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई आइतबार साँझ निवासबाट पक्राउ गरेको थियो।  उनको घरबाट ३५ तोला सुन, १८ लाख रुपैयाँको चेक बरामद भएको थियो।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *