वीरगञ्जका गोदाममा छापा, भन्सार छलीका सामान, २८१ क्वीन्टल चामल बरामद

वीरगञ्जका गोदाममा छापा, भन्सार छलीका सामान, २८१ क्वीन्टल चामल बरामद

वीरगञ्ज । भन्सार छलेर भारतबाट ल्याई भण्डारण गरिएको चामलको गोदाममा प्रहरीले छापा मारेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगञ्ज–१० मा रहेका चारवटा गोदाममा छापा मारेर भन्सार छलीका ३५ लाख बराबरका सामान बरामद गरेको छ ।

२७ मंसिरमा जनपथ र सशस्त्र प्रहरीका महानिरीक्षकद्वयले राजश्व चुहावट नियन्त्रणमा संयुक्त रुपमा काम गर्न निर्देशन दिएलगत्तै सशस्त्र र नेपाल प्रहरीको टोलीले बिहीबार शंकास्पद गोदाममा छापा मारेर ठूलो परिमाणमा खाद्यान्न सामग्री बरामद गरेको हो । यसक्रममा २८१ क्वीन्टल चामल, १० क्वीन्टल मैदा, सर्जिकल मेडिकल सामग्री दुई कार्टुन, हार्पिक ९ कार्टुन, हेन्डवास दुई कार्टुन र स्प्रे दुई कार्टुन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। खाद्यान्न व्यापारीहरु विनोद गुप्ता, श्याम वर्णवाल, प्रधुम्न गुप्ता र सुजित गुप्ताको गोदाममा प्रहरीले छापा मारेको थियो ।  गोदाम श्याम वर्णवाल, सुजित गुप्ता, प्रधुमन गुप्ता र विनोदकुमार साहको रहेको प्रहरीले जनाएको छ।

बरामद सामग्री २१ लाख १६ हजार चार सय बराबरको रहेको र आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। भन्सार छलीको सामग्री रहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र सशस्त्र प्रहरी वल नेपाल हेडक्वाटर नं.१३ गण श्रीपुरबाट प्रहरी गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.