अन्तर्वार्ताका नाममा बन्धक, पैसा नदिए एक गोलीले सिध्याई दिने धम्की

अन्तर्वार्ताका नाममा बन्धक, पैसा नदिए एक गोलीले सिध्याई दिने धम्की

बिराटनगर । अन्तर्वार्ता लिने निहुँ बनाएर उद्योगपति अरूणकुमार राठीलाई अपहरण तथा शरीर बन्धक गराई ज्यान मार्ने धम्की दिने एक मिडियाका सन्चालक सहित तीन जना फरार भएका छन् ।
बिराटनगर क्षेत्रलाई कर्मथलो बनाएर अनलाईन पोर्टल सञ्चालन गर्ने अब्दुल खत्ताबलाई प्रहरीले प्रकाउ पुर्जि जारी गरेपछि फरार भएका हुन् ।
एको आरोप लागेका प्रालिका सञ्चालक
अपहरणको जाहेरी परेपछि सोमबार पक्राउ पूर्जी जारी भएपछि नेपाल टाइम्सका सञ्चालक अब्दुल खत्ताबसहित तीन जना फरार भएका हुन्।
पक्राउ पूर्जी जारी पछि पनि बिराटनगरमै रहेका खत्ताब आज बुधबार देखि मोबाईल स्विचअफ गरेर फरार भएका हुन् ।joint-press-release-dated-2079-08-201670331667
फरार खत्ताबलाई खोजी गरिरहेको भने पनि प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन । सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय मोरगं परिसरमा आएका खत्ताबलाई प्रहरीले छोडिदिए पछि यति खेर बिराटनगर बजारका ब्यापारीबर्गहरुमा तनाब सृजना भएको पिडितहरुको भनाई छ ।

नेपाल टाइम्स मिडियामा लगानी लगाएका राठीलाई अन्तर्वार्ताको बहाना बनाएर स्टुडियोमा लगेर बन्धक बनाएको आरोप खत्ताबमाथि छ। खत्ताबबाहेक अन्य दुई जनालाई भने आफूले नचिनेको राठीले जाहेरीमा उल्लेख गरेका छन् ।
मंसिर १३ गते अन्तर्वार्ताको बहाना बनाएर राठीलाई अपहरण गरी खत्ताबले ३० लाखको बार्गेनिङ गरेका थिए। १५ लाख रुपैयाँको चेक काटिदिएपछि राठीलाई मुक्त गरिएको थियो।

राठीलाई आइतबार प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले त्यो जाहेरी सोमबार मात्रै दर्ता गरेको थियो । त्यसैदिन अदालतले पक्राउ पूर्जी जारी गरेको थियो ।

‘पैसा र पावरको आडमा फसाउन खोजियो, बर्बाद गर्ने तिम्रो यो षड्यन्त्रबाट डराइँदैन,’ उनले लेखेका छन्,’नेपाल टाइम्स मिडिया र ममाथिको तिम्रो यो प्रहार निस्क्रिय भएर जानेछन्।’ उनी फेसबुकमा अनलाइन र अफलाइन भइरहेका छन्। तर प्रहरीले भने खत्ताब फरार रहेको र उनको खोजी भइरहेको जनाउँदै आएको छ।  पक्राउ पूर्जी जारी हुनासाथ खत्ताबले मोबाइल स्वीच अफ गरेका छन् ।
प्रहरीले उनी रहने स्थानहरूमा प्रहरी खटाइरहेको छ । नेपाल टाइम्स मिडियाको कार्यालय विराटनगर–६ सरौचियामा र खत्ताब पनि त्यही स्थानमा बस्थे । खत्ताबको स्थायी घर भने सिरहा नगरपालिका–४ हो ।
जाहेरी परेको दिन खत्ताबलाई पक्रन प्रहरीले चासो देखाएको थिएन । जाहेरी दर्तापछि पनि प्रहरीले चासोसाथ हेरेन ।
मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघले मंगलबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी खत्तामाथि कडा कारबाही गर्न माग गरेका थिए ।नेकपा एमालेका समानुपातिक उम्मेदवारसमेत रहेका राठीलाई अन्तर्वार्ताको बहाना बनाएर स्टुडियोमा लगेर बन्धक बनाएको आरोप लागेपछि नेपाल टाइम्सका सञ्चालक खत्ताब सहित तीन जना फरार भएका छन्।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *