उपेन्द्र यादवलाई भारी मतान्तरले हराउँदै सीके राउत विजयी

बिनोद बिष्ट, बिराटनगर । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) भारी मतान्तरले विजयी भएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् ।
राउतले ३५ हजा ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए ।यो क्षेत्रका दुबै प्रदेश सभा पनि जनमत पार्टीले जितेको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए । अन्य उम्मेदवारले हजार मत पनि कटाउन सकेन ।
Leave a Reply