ताप्लेजुङमा माओवादीका बुढा क्षेत्रीलाई पछि पार्दै योगेश निर्वाचित

विराटनगर, मंसिर । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् ।
बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक सांसद चुनिएका हुन् । उनी २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
ताप्लेजुङमा नेकपा (एमाले)का उम्मेदवार योगेश भट्टराई र गठबन्धनकातर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीबीच कडा टक्कर देखिएको थियो ।
मतगणनामा सुरुवाती अग्रता लिएका भट्टराईलाई माओवादीका बुढा क्षेत्रीले पछाडि परेका थिए । फेरि अहिले भट्टराईले आफ्नो अग्रता बढाउँदै बुढा क्षेत्रीलाई उछिनेका थियो ।
Leave a Reply