शिवरात्रि मनाउन वीरगञ्ज पुगे पूर्वराजा 

शिवरात्रि मनाउन वीरगञ्ज पुगे पूर्वराजा 

काठमाडौं । महाशिवरात्रिका दिन पशुपति मन्दिरमा पूजाअर्चना गर्दै आएका पूर्व राजा ज्ञानेन्द्र शाहले यसवर्ष वीरगंज स्थित अलखिया मन्दिरमा  पूजाअर्चना गरेका छन् । विशेष पूजाको लागि वीरगञ्ज आएका पूर्वराजालाई स्थानीय सर्वसाधारण र राजसंस्था समर्थकहरूले  भव्य स्वागत गरेका छन् ।
 पूर्वराजाको स्वागतमा एक घण्टा अघिदेखि यस क्षेत्रका ठूलो संख्याका बासिन्दा, सर्वसाधारण नागरिक, महिला, पुरुष, वृद्ध, युवाहरू लामबद्ध भएर बसेका थिए । पूर्वराजाको सवारीसँगै समर्थकहरूले राजा आउ देश बचाउ, राजा जनता एक हौं भन्ने नारा लगाएर जयजयकार गरेका थिए ।
        अलखिया मठ शिवालयमा विशेष पूजा सम्पन्न भएपछि पूर्वराजा शाह अलखिया मठबाट वीरगंजको मूख्य सडक हुँदै पैदल यात्रा गरी माइस्थान स्थित प्रसिद्ध गहवामाई मन्दिरसम्म जाने क्रममा हजारौंको संख्यामा उपस्थित शुभेच्छुक एवं सर्वसाधारण नागरिकहरूले फूलगुच्छा, फूलमाला तथा फूलको वर्षा गर्दै जयजयकार गरेका थिए । सो क्रममा पूर्वराजाले पुष्पगुच्छा एवं फूलमाला ग्रहण गर्दै उपस्थित जन समुदायलाई हात हल्लाएर अभिवादन गरेका थिए । त्यसपश्चात पूर्वराजाले माइस्थान मन्दिरमा पनि विशेष पूजाअर्चना एवं दर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.