मतदातालाई रेखा थापाको प्रश्न – छोरा नातिलाई खाडी पठाएर कहिलेसम्म पार्टी बचाउने ?

मतदातालाई रेखा थापाको प्रश्न – छोरा नातिलाई खाडी पठाएर कहिलेसम्म पार्टी बचाउने ?

बेलबारी, मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङ क्षेत्र नम्बर ३ की उम्मेदवार रेखा थापाले पार्टी बचाउन कहिलेसम्म छोरा नातिलाई खाडी पठाउनेु भन्दै मतदातालाई प्रश्न गरेकी छिन् ।
थापाले घरदैलो कार्यक्रमको २५ औँ दिन बेलबारी २ पुगेर यस्तो प्रश्न गरेकी हुन् । उनले भनिन – पार्टी पार्टी भनेर कति त्यही पार्टीसँग सती जानुहुन्छ ? आफ्नो घर बिग्रेको थाहा छैन, छोरा नातिलाई खाडी पठायो अनि मेरो महान् पार्टी फलानो भन्यो दौडियो । आफ्नो सन्तान बचाउन नसक्ने तपाइको महान पार्टी कहिलेसम्म जोगाइदिने ? कस्को लागी जोगाइदिने ? अब पनि बुझ्नु भएन भने के राजनीति गर्नुहुन्छ ?ु
थापाले युवा पुस्तालाई नेताको पछाडि नदौडिन आग्रह गरेकी छन् । भ्रष्ट नियत भएका नेताको पछि दौडिएर युवा पुस्ताले आफ्नो समय वरवाद गर्न नहुनेमा उनले जोड दिएकी छन् । उनले भनिन् – म मेरा दाजुभाइहरूलाई अनुरोध गर्छु । कुनै नेताको पछाडि जिन्दाबाद र मुर्दावाद भन्दै नदौडिनुहोला । आज जुन नेताको पछि दौडनु हुन्छ त्यी नेता ठाउँमा पुग्लान तर चुनाव सकिएको २/४ दिन पनि बित्न नपाउँदै मेरा दाजुभाइ कुन खाडी मुलुक पुग्ने हो थाहा छैन ।
उनले युवाहरूलाई केही काम नभए घरमा आमा श्रीमतीलाई काम सघाउन आग्रह गरेकी छन् । उनले भनिन – काम सघाउँदा बरु आमा त खुसी हुन्छिन् । त्यो तपाइको मत किनेर गएको नेताले जितेको भोलि पल्ट तपाईँलाई चिन्दैन । के को लागि हिँड्ने जिन्दाबाद, जिन्दाबाद गर्दै ?
थापाले आफू नेता बन्नको लागि राजनीतिमा नलागेको जिकिर गरेकी छन् । जनताले अनुमोदन गरे जनप्रतिनिधिको परिभाषा ५ वर्षमा परिवर्तन गरेर देखाउने बताएकी छन् । उनले भनिन् –जनता र जनप्रतिनिधिबीचको खाडल भर्न आएकी हुँ । ५ वर्षमा मैले गरेको काम देखेर चित्त बुझ्यो भने त्यो बेला मलाई नेता मान्नु । अहिले म नितान्त तपाईँहरूको सेवक बन्न आएकी हुँ । म माथि मत लगानी गरेर मलाई सेवा गर्ने अनुमती दिनुहोस भन्न आएको हुँ ।
नेपाली जनताले धेरै पटक पार्टी जोगाएको र अब परिवर्तनका लागि युवा पुस्ताको जोस जाँगर जोगाउनेमा आफू विश्वस्त रहेको थापाले बताइन ।
उनले मोरङ ३ परिवर्तनको पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेकी छन् । थापालाई महिला, नयाँ मतदाता र सुकुम्वासीहरूको बलियो साथ रहेको छ । उनले आफूलाई यस क्षेत्रमा विकल्पको रूपमा प्रस्तुत गर्न सफल भएकाले थापाको सम्भावना बढ्दै गरेको पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.