चर्चित कलाकारले तताए मोरङ क्षेत्र नम्बर ४ को चुनावी माहोलले सुर्यमा मतदान

चर्चित कलाकारले तताए मोरङ क्षेत्र नम्बर ४ को चुनावी माहोलले सुर्यमा मतदान

विराटनगर । पाँचवर्षको लागि देशको नेतृत्व गर्न राजनीतिक दलह? अहिले जनताको घरदैलो र टोलटोलमा छन् । यो अभियानमा नेतामात्र होइन कलाकारलाई पनि भ्याइ नभ्याइ छ । कलाकारले नै चुनावी माहोल तताएका छन् । मोरङ–४ मा नेकपा (एमाले) को चुनावी अभियालाई साथ दिन कलाकारको टोली एक सातादेखि चोक–चोक र टोलटोलमा पुगिरहको छ । चर्चित गायक img_7783-2तथा संङ्गितकार साजन राई, गायिका अञ्जु गौतम, कलाकार मनोज राजवंशी, संगिता यादव, समीक्षा कार्की रचना सिवाकोटीलगायतको कलाकारको टीम मोरङ क्षेत्र नं ४ का विभिन्न चोक र टोलमा पुगेर कार्यक्रम गरिरहेको छ ।
चोकमा पुगेर कलाकारह?ले आफ्नो कला प्रस्तुत गर्न थालेपछि स्थानीयको भिड लाग्ने गरेको छ । गायन र नृत्यमार्फत कलाकारह?ले एमालेलाई विजयी बनाउन र सूर्यमा भोट हाल्न आग्रह गरिरहेका छन् ।
टोलीले अहिलेसम्म मोरङ क्षेत्र नं. ४ का प्रदेशसभाका दुवै क्षेत्रका चोक र टोलह?मा गरी दर्जनांै ठाउँमा कार्यक्रम गरिसकेको गायक साजन राईले बताए । देश बनाउनका लागि एमालेसँग स्पष्ट भिजन भएकाले आम निर्वाचनमा एमालेलाई विजयी बनाउन कलाकारह? स्वतस्पूmर्त अभियानमा जुटेको राईको भनाइ छ ।
टोलीले जहाँ कार्यक्रम गर्छ एमालेको तर्फबाट मोरङ क्षेत्र नं. ४ का लागि प्रतिधिसभा सदस्यका उम्मेदवार विनोद ढकाल र प्रदेशसभाका उम्मेदवार जयप्रकाश चौधरी र जीवन घिमिरे त्यहीं पुगेर मत मागिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.