प्रमिला तामागं ।   झापा मेचीनगर  नगरपालिका ६ मेचिडाँडा छेउमा अबैध रुपमा भारत तर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद गरिएको छ । हिजो अपरान्ह ४ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको सुपारी बरामद गरेको हो । बरामद भएको सुपारी आवश्यक कारबारीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।