झापामा लागुऔषध गाँजा सहित १ जना पक्राउ साथै अबैध समान बरामद

झापा ।   झापाको मेचीनगर नगरपालिका-१४ दुवागढीबाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ५० बर्षीया जेगुन खातुन रहेकी छन् । खातुनले घरबाट नै लागुऔषध गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले आईतवार राती सवा १० बजे खातुनलाई घरबाट नै पक्राउ गरेको हो । पक्राउ परेकी खातुनको घर कोठाबाट प्रहरीले २ केजी ५०० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ । लागुऔषध गाँजा सहित पक्राउ परेकी खातुनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसै गरी झापाकै २ छुट्टाछुट्टै स्थानबाट १ लाख ६० हजार भन्दा बढीको अबैध समान बरामद भएको छ। भारतिय बजारबाट अबैध रुपमा भन्सार छली समान ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले  दिउँसो मेचीनगर नगरपालिका-६ गैरी गाउँबाट १ लाख ६ हजार मुल्य बराबरको सारी, कुर्था लगायतका समानहरु बरामद गरेको थियो । यसैगरी जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ बाट आईतवार बेलुका ६० हजार बराबरको जुत्ता बरामद गरेको थियो । यसरी अबैध रुपमा समान बरामद भएसंगै आवश्यक कारवाहीको लागी मेची भन्सार बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *