धनकुटा जिल्लाका किसानहरुले पौने ३ करोड प्रादेशिक अनुदान

धनकुटा जिल्लाका किसानहरुले पौने ३ करोड प्रादेशिक अनुदान

नारायण कुमार राई, धनकुटा । आर्थिक बर्ष २०७८/७र्९ धनकुटामा कृषि क्षेत्रका ३७ वटा संस्था तथा ब्यक्तिहरुले २ करोड ७८ लाख २५ हजार बराबरको प्रदेश सरकारको कृषि अनुदानका कार्यक्रमहरु पाएका छन् ।
चालु आ.ब.०७८/०७९ मा सम्पन्न कार्यक्रमको संयुक्त अनुगमनका क्रममा भटरिनरी कार्यालय (पशु कार्यालय) धनकुटा र कृषि ज्ञान केन्द्र धनकुटाले जानकारी दिएको छ । जस अनुसार पशुसेवा कार्यालय अन्तर्गत २ करोड ९ लाख बरावरको १७ वटा प्रदेशका कार्यक्रम सम्पन्न भएको कार्यालयका प्रमुख लोकनाथ ढुंगानाले जानकारी दिनुभयो । त्यस्तै कृषि ज्ञान केन्द्रबाट ६९ लाख २५ हजार बराबरको २० वटा प्रदेशका कार्यक्रम सम्पन्न भएको कृषि ज्ञान केन्द्रकी निमित्त प्रमुख फूलमायाँ तामाङ्गले जानकारी दिनुभयो ।
पशुसेवा कार्यालय र कृषि ज्ञान केन्द्रले दिएको तथ्यांक अनुसार पशु कार्यालय मार्फत् धनकुटा नगरपालिकामा ९५ लाख २५ हजार र कृषि ज्ञान केन्द्र मार्फत् १३ लाख बरावरको ५/५ वटा कार्यक्रमहरु सम्पन्न भएका छन् ।
त्यस्तै पाख्रिबास नगरपालिकामा पशु कार्यालय मार्फत् ४५ लाख ७५ हजार र कृषि ज्ञान केन्द्र मार्फत् १२ लाख ५० हजार बरावरको ५/५ वटा कार्यक्रमहरु सम्पन्न भएका छन् ।  महालक्ष्मी नगरपालिकामा पशु कार्यालय मार्फत २० लाख बराबरको एक कार्यक्रम भएको छ भने कृषि ज्ञान केन्द्र मार्फत् कुनै कार्यक्रम सम्पन्न भएको छैन ।  साँगुरीगढी गाउँपालिकामा पशु कार्यालय मार्फत २५ लाख बराबरको एक कार्यक्रम र कृषि ज्ञान केन्द्र मार्फत १८ लाख २० हजार बरावरको २ वटा कार्यक्रमहरु भएका छन् ।293708227_371025631843081_7665647781174962869_n
छथर जोरपाटी गाउँपालिकामा पशु कार्यालय मार्फत २५ लाखको २ वटा कार्यक्रम र कृषि ज्ञान केन्द्र मार्फत् २० लाख ५५ हजार बराबरको ५ वटा कार्यक्रमहरु भएका छन् ।  सहिदभूमी गाउँपालिकामा पशु कार्यालय मार्फत ४० लाख बराबरको २ वटा र कृषि ज्ञान केन्द्र मार्फत् ३ लाख बराबरको एक कार्यक्रम सम्पन्न भएको छ ।  त्यस्तै चौबिसे गाउँपालिकामा कृषि ज्ञान केन्द्र मार्फत २ लाख बराबरको एक मात्र प्रदेश अनुदानको कार्यक्रम सम्पन्न भएको छ ।  ५० देखि ७५ प्रतिशत अनुदानमा सम्पन्न उक्त योजना तथा कार्यक्रमको प्रदेश सभासद्हरु, कार्यालयका पदाधिकारी, अनुगमन समितिका सदस्यहरु र पत्रकारको टोलीले अनुगमन गरेको छ ।
पशुपालन अन्तर्गत टालीले युवा लक्षित पशु बिकास कार्यक्रम अन्तर्गत सम्मपन्न पाख्रिबास नगरपालिका वडा नं। ९ को धर्मशाला पशुपालन फर्मको बाख्रा पालन तथा खोर सुधार कार्यक्रमको अनुगमन गरेको छ ।
त्यस्तै कृषि/पशु सहकारी तथा अन्य संस्थाहरुको सहकार्यमा सञ्चालित ब्यबसायिक पशुपालन कार्यक्रम अन्तर्गत पाख्रिबास नगरपालिका वडा नं. ३ को दुग्ध सहकारीको अनुगमन गरेको छ ।  त्यस्तै टालीले बंगुरको ब्लक बिकास कार्यक्रम अन्तर्गत छथर जोरपाटी गाउँपालिका ५ खोक्तापको बंगुर बिकास कार्यक्रम अन्तर्गत खोक्ताप कृषि सहकारी लगाएत बिभिन्न बंगुर फर्महरुको अनुगमन गरेको छ ।
कृषि बालि तर्फ ब्यसायीक फलफुल बगैचा ब्यबस्थापन सहयोग कार्यक्रम अन्तर्गत पाख्रिबास नगरपालिका वडा नं. ९ को निलिमा फलफुल तथा कृषि फर्मको किवी खेतीको अनुगमन गरेको छ ।  त्यस्तै महिला,दलित,पिछडिएका समुदाय लक्षित कार्यत्रक्रम अन्तर्गत पाख्रिबास नगरपालिका वडा नं। ९ आरुसी कृषि तथा पशुपन्छि फर्मको तरकारी खेती अनुगमन गरेको छ ।
त्यस्तै टोलीले छथर जोरपाटी वडा नं।३ को ढुंगे कृषि सहकारी संस्था अन्तर्गत सञ्चालित मकै ब्लक बिकास कार्यक्रम लगाएतको अनुगम नगरेको छ ।  अनुगमनमा प्रदेश सभासद्हरु ईन्द्रमणी पराजुली, लिला सुब्बा, हिमाकुमारी बस्नेत, कुसुम कुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, कृषि बिकास बैक धनकुटा शाखाका प्रमुख लगाएतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.