झापा र सुनसरी जिल्लाका सवारी दुर्घटना २ जनाको मृत्यु

झापा र सुनसरी जिल्लाका सवारी दुर्घटना २ जनाको मृत्यु

बिराटनगर ।  झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

 झापाको कमल गाउँपालिका – ५ पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको बागमति प्रदेश-०३-००१ क २१२ नम्बरको  टिपरले साईकल यात्री तुम्बेवा गाउँपालिका-५ पाँचथरका १६ बर्षीय संजिप ईम्सम लिम्बुलाई ठक्कर दिंदा लिम्बुको घटनास्थलमै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यसैगरी सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका-४ मा भारतिय नम्बर प्लेटको स्कारपियोले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । सुनसरीको ईनरुवाबाट लौकही तर्फ जाँदै गरेको BR 11 PB  8012 नम्बरको स्कारपियोले विपरित दिशाबाट आउदै ना.६३ प.४०७५ नम्बरको मोटरसाईकललाई टक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बर्दिबास नगरपालिका-६ धनुषाका ३० बर्षीय बालकृष्ण राना मगरको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.