निबन्ध संग्रह ‘जीवनको अभिनन्दन’ विमोचन

निबन्ध संग्रह ‘जीवनको अभिनन्दन’ विमोचन

विराटनगर । साहित्यकार डा. ज्ञानु पाण्डेद्वारा लिखित ‘जीवनको अभिनन्दन’ निबन्धसङ्ग्रहको विमोचन गरिएको छ ।
प्रतिभा पुरस्कार प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको कार्यक्रममा निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका प्रदेश नम्बर १ का पूर्व प्रदेश प्रमुख साहित्यकार प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ र साहित्यकार प्राज्ञ दधिराज सुवेदीले संयुक्त रुपमा ‘जीवनको अभिनन्दन’ निबन्धसङ्ग्रहको विमोचन गर्नु भयो ।
विमोचित कृतिमाथि समालोचक डा. रामजी तिम्सिनाले टिप्पणी गरे । उनले निबन्धसङ्ग्रह पठनीय र संग्रहनीय भएको चर्चा गरे । समालोचक तिम्सिनाले निबन्ध सङ्ग्रहमा प्रयोग भएका भाषा आमपाठकले बुझ्ने बताए । “हुन त अहिलेको कविता कविता जस्तो नहुने र कथा कथा जस्तो नहुने गरेको छ,” उनले भने, “तर जीवनको अभिनन्दन साँच्चिकै निबन्ध जस्तो छ ।” सङ्ग्रहमा जीवनमाथि अनगिन्ति प्रश्न गरिएको उनको भनाइ थियो । पाठकले पनि निबन्धसङ्ग्रह पढिसकेपछि जीवनमाथि आफैं प्रश्न गर्न सक्ने समालोचक तिम्सिनाले बताए ।
लेखकीय मन्तव्य राख्दै डा. पाण्डेले जीवनका हरेक पक्षलाई केलाएर निबन्धसङ्ग्रहले लेखेको प्रस्ट्याइन् । विभिन्न विषयवस्तुमाथि केन्द्रित रहेर लेखिएको सङ्ग्रहमा ११ वटा निबन्ध छन् । सङ्ग्रहलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.