बराहक्षेत्र १ न. वार्डमा एमालेले पुरै प्यानल सहित बिजय

बराहक्षेत्र १ न. वार्डमा एमालेले पुरै प्यानल सहित बिजय

सुनसरी । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वार्ड न.१ मा एमालेका तर्फबाट उम्मेदवार बनेका किशन थापा280657062_10224696056261949_8445487643339581447_n मगरको पुरै प्यानल बिजय भएको छ ।
लामो समय देखि लालकिल्लाको रुपमा हेरिएको यो साबिक बराहक्षेत्र वार्ड न.१ लाई गत बर्ष आन्तरिक किचलोका कारण नेपाली काग्रेसले जित हासिल पारेको थियो तर नेकपा एमालेले सही ब्यक्ति र समुह छनौट गरेको हुनाले सबै वार्डबासीहरुले मत दिएर बडा अध्यक्षमा किसन थापा मगर सहित खुल्ला सदस्य तर्फ बिशाल भटटराई र दिपक राई यसै गरी खुल्ला महिला सदस्य तर्फ अमिना राई र दलित महिला सदस्य तर्फ दिलमाया नेपालीको पुरै प्यानल नै बिजय हासिल गरेको एमाले पाटीका १ न. चुनाब प्रचार संयोजक चन्द्रमणी कटटेलले बताएका छन् । यस बार्ड भित्र बगुवा, खारखोला, कटहरे, सुर्यकुण्ड, चतरा बसपार्क, बराहक्षेत्रधाम, भलाएटार, चाबाचा लगायत पहाडी गा्रमिण बस्ती टोल रहेको छ । कुल मत मध्ये ३ हजार ८० मत खसेको थियो ।
निर्बाचित थापा मगरले १ हजार २ सय ३८ मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्धन्दी नेपाली काग्रेसका निबर्तमान अध्यक्ष सुरेश श्रेष्ठले १ हजार २० मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.