मौनावधि नजिकिदै गर्दा चुनावी प्रचार अभियानमा तीव्रता जनताको सच्चा सेवक भएर काम गर्ने एमालेका उम्मेदवारहरूको प्रतिवद्धता

विराटनगर । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको मौनावधि नजिकिदै गर्दा उम्मेदवारहरूले आफ्नो निर्वाचन प्रचारलाई तीब्रता दिएका छन् । सोमवार विराटनगरमा विभिन्न राजनीतिक दलहरूले निर्वाचनकेन्द्रित कोणसभा, आमसभा लगायत आन्तरिक परामर्शलाई घनिभूत बनाएका छन् । स्वतन्त्र उम्मेदवारहरूले पनि आफ्नो प्रचारलाई प्रभावकारी तुल्याउने सन्दर्भमा माइकिङ् पम्प्लेटिङ र विभिन्न क्षेत्रसम्वद्ध र सर्वसाधारण मतदातालाई भेटेर मतदानका लागि अनुनय विनयन गरिरहेका छन ।
यसै सन्दर्भमा नेकपा एमाले विराटनगरका मेयरका उम्मेदवार सागर थापाले विराटनगर वडा नं. ४ खार्जीमा आयोजित भेलालाई सम्वोधन गर्दै आपूm र आफ्ना टिमका उम्मेदवारलाई मतदानका लागि जनतासमक्ष आग्रह गर्नुभयो ।
आफ्ना प्रतिवद्धता र कार्ययोजनाहरू दोहो¥याउँदै उहाँले विराटनगर महानगरलाई देशकै ‘नमूना महानगर’ बनाउने दृढता व्यक्त गर्नुभयो । विराटनगरको ऐतिहासिक विरासत फिर्ता गराउन सम्वद्ध सबैको साथ लिएर महानगरको समग्र विकास गर्नका लागि आफू र आफ्नो टिम चुनावी मैदानमा उत्रिएकारे थापाको भनाई थियो ।
मेयरका उम्मेदवार, थापाले सोमवार नै विराटनगर–११ स्थित लङ्का टोलमा आयोजित जनभेलालाई सम्वोधन गर्दै समुन्नत विराटनगर र सुखी विराटनगर बनाउने आफ्नो सपनालाई साकार बनाउन सम्पूर्ण महानगरवासी जनसमुदायको सहयोग चाहिएको धारणा राख्नुभयो ।
आफू विराटनगरको मेयरमा निर्वाचित भएपछि ‘शासक होइन, जनताको सच्चा सेवक’ का रुपमा काम गर्ने सङ्कल्प पस्तुत गर्नुभयो । आदिवासी, जनजाति, मधेसी, मुस्लिम, पछिपरेका जनसमुदायहरू, गरीव, मजदुर, किसानका समस्यालाई आपूmले राम्रोसँग बुझेको बताउँदै ती क्षेत्र समुदायको भावनालाई सम्मान गर्दै नगर क्षेत्रको समग्र विकास र नगरवासीको हित प्रवद्र्धनमा लागि पर्ने उहाँको भनाई थियो ।
विराटनगरको आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, स्वास्थ्य, साहित्य, पत्रकारिता, उद्योग व्यावसाय लगायतमा तत्तत् क्षेत्रका व्यक्तिहरूसँगको परामर्श र समन्वयमा सबैलाई समेटेर सम्वद्ध सबै विधाको हित र उत्थानका लागि इमान्दारीपूर्वक लागि पर्ने बचनवद्धता प्रकट गर्नुृभयो ।
महिला बालबालिका ज्येष्ठनागरिक, युवा क्षेत्रका समस्या, चुनौती र सम्भावनालाई ध्यानमा राखेर आफूले बनाएको कार्ययोजना सन्तुलित विकासको अवधारणासँग मेलाखाने भएकाले त्यही कार्ययोजनाका माध्यमबाट विराटनगरको समृद्धि र विकासको खाका कोर्ने थापाले बताउनुभयो ।
आजै मेयरका उम्मेदवार थापाले विराटनगरको दक्षिणी क्षेत्र वडा नं. १५ रानीका मतदाताहरूबीच पनि आफ्ना कार्ययोजनाहरू प्रस्तुत गर्दे मतदानका लागि आग्रह गर्नुभयो । थापाले स्थानीय खेलाडीहरूसँग कुरा गर्दै आफू विजयी भएपछि समग्र युवाको हित रक्षार्थ लागि पर्ने बचनवद्धता प्रकट गर्नुभयो । आफूले दुई कार्यकाल महेन्द्र मोरङ क्याम्पसको स्ववियूको नेतृत्व गरेको स्मरण गर्दै उहाँले युवा विद्यार्थी, खेलाडी, बेरोजारी सबैका भावनालाई राम्रोसँग सम्वोधन गर्ने बचनवद्धता प्रकटा गर्नुभयो ।
आजै अपरान्ह विराटनगरका विभिन्न वडा केन्द्रित कोणसभा र भेलाहरूलाई सम्वोधन गर्दैै मेयरका उम्मेदवार थापा र उपमेयरका उम्मेदवार शिल्पा कार्कीले आफूहरूले विराटनगर महानगरपालिकाको नेतृत्व पाएपछि जनताको सच्चा सेवक भएर काम गर्न आफूहरूलाई मतदान गर्न सहभागी नगरवासीलाई अनुरोध गर्नुभयो ।
Leave a Reply