एमालेबाट प्रदश १ मा एक दर्जन भन्दा बढी महिला पालिका प्रमुख उम्मेदवार

एमालेबाट प्रदश १ मा एक दर्जन भन्दा बढी महिला पालिका प्रमुख उम्मेदवार

बिराटनगर । स्थानीय चुनाबमा एमाले पाटीले मात्र स्थानीय पालिकाहरुमा एक दर्जन महिलाहरुलाई प्रमुख उम्मेदवारको रुपमा अगाडि सारेको छ । एमालेले प्रदेश १ का १३७ वटा पालिका मध्ये नौ वटामा महिलालाई प्रमुख पदको उम्मेद्वार बनाएर देशमै महिला मैत्री पाटीको दर्जामा राखेको छ । गठबन्धनको नाममा महिला उपबाट समेत हराउने अबस्था आएको भन्दै अन्य पाटीका महिला नेत्रीहरु सडकको आन्दोलन गर्न थालेका छन् ।
नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका प्रचार बिभाग प्रमुख माननिय क. घनश्याम खतिवडाले प्रदेश १ को एक उपमहानगर, तीन नगर र चारवटा गाउँपालिका गरी ९ वटा स्थानीय तहको नेतृत्व गर्ने अवसर महिलाले पाएको बताए । उनले झापा, मोरङ, ओखलढुंगा, खोटाङ र सुनसरीमा गरी ९ जना महिलाले मेयर÷अध्यक्षका लागि सिफारिस गरिसकेको जानकारी दिए । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा मन्जु भण्डारीले टिकट पाएकी छन । झापामा मात्रै तीनवटा पालिकाको प्रमुखमा महिलाले चुनाव लड्ने अवसर पाएका छन् । दमक नगरपालिकाको मेयरमा गीता अधिकारी, विर्तामोड नगरपालिकाको मेयरमा पवित्रा महतरा र बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मीरा भुर्तेल सिफारिस भएका हुन् । एमाले प्रदेश कमिटीले मोरङको जहदा गाउँपालिकाको अध्यक्षमा यसोदा गिरी र कानेपोखरी गाउँपालिकामा राजमति इङ्नामलाई अध्यक्षमा चुनाव लड्न टिकट दिएको जनाइएको छ । त्यसैगरी ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको मेयरमा इच्छाकुमारी गुरुङ, खोटाङको खोटेहाङ गाउँपालिकामा कविता राई र बराहपोखरी गाउँपालिकामा गोमा मगरको नाम प्रदेश कमिटीबाट पालिका अध्यक्षमा सिफारिस भएको एमाले प्रदेश कमिटी सचिव पाठकले बताए । मोरङको जहदामा अध्यक्ष सिफारिस भएकी यसोदा गिरीबाहेक आठै जना यसअघि आ–आफ्नो पालिकाहरुमा उपप्रमुख थिए । जहदाको अध्यक्षमा गाउँ कमिटीबाट सर्वसम्मत नाम सिफारिस भएर आएका जयनरथ गिरी सोही पालिकाको ठेक्का पट्टामा संलग्न रहेको भेटिएपछि उनकै श्रीमती यसोदालाई अध्यक्षको टिकट पाएकी हुन् । कृष्ण जसपाबाट निर्वाचित भएका जहदाकै वडा नम्बर ४ का वडाध्यक्ष थिए । उनी गत भदौमा एमालेमा प्रवेश गरेका थिए । जहदामा प्रमुख र उपप्रमुख दुवै महिला भएका छन् । उपाध्यक्षमा अनिता सेरेन पहिले नै सर्वसम्मत भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.