काग्रेसका केन्दीय र जिल्लास्तरका नेताहरु एमाले प्रबेशको जनलहर

ताप्लेजुङ /  आगामी बैशाख ३० गते हुने स्थानीय चुनाब नजिकै जादा अरु पाटीहरुका केन्द्रिय र जिल्ला स्तरका नेताहरु एमाले प्रबेशको लहर तिब्र बनेको छ । अबको आफनो भबिश्य र राष्ट्र्रको हित गर्ने एक मात्र पाटी एमाले भएको ठहर गर्दै एमाले पाटीले बनाएको उम्मेदवारलाई जिताउन लाग्नु पर्ने बताएका छन् ।

ताप्लेजुङ्म नेपाली काँग्रेसका जिल्ला उपसभापति सहित ५सय जना नेकपा एमाले प्रवेश गरेका छन । ताप्लेजुङ जिल्ला फक्तालुङ गाउँपालिकाको इखाबुमा आयोजित कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति तथा पूर्व गाविस अध्यक्ष मणी लाबुङ, नेपाली कांग्रेसका जिल्ला नेता, पूर्व गाविस अध्यक्ष, तथा नेपाली कांग्रेसबाट पालिका अध्यक्षमा प्रस्तावित उम्मेदवार भद्र बोखिम, र नेपाली कांग्रेसका युवा नेता महेश लाबुङलाई नेकपा एमालेमा स्वागत गरे । यसैगरी नेकपा माओवादी केन्द्रका वडाध्यक्ष निमा नवङ शेर्पा र माओवादी केन्द्रका युवा नेता सुमन लिम्बु लगायत ५०० जना नेकपा एमालेमा प्रवेश गरेका छन ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *