सुनसरी । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका-७ स्थितमा खाल्डोमा जमेको पानीमा डुवी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा नरसिङ-७ का शंकर मेहेताको १५ महिनाको छोरा  रोहित मेहेता रहेका छन । हिजो बिहान साढे ८ बजे भोक्राहा नरसिङ-१ स्थित मावली घरको आगन छेउमा खाल्डोमा जमेको पानीमा डुवी मृत अवस्थामा निजको आमाले फेला पारेकि थिईन । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।