राजनीति भित्रको फोहोर खेल

राजनीति भित्रको फोहोर खेल

एन्जु शिवाकोटी । नेपाली जनताले राणा शासकविरुद्घ लामो समय सम्म संघष गरेपछि २००७ सालमा राजा र प्रजा मिलेर प्रजातन्त्र स्थापना गर्न सफल भएका थिए । पञ्चायत कालमा सक्रिय रुपमा राजतन्त्र रहयो त्यसपछि २०४६ सालमा फेरी माओवादी जनआन्दोलन सुरु भयो र मुलुक राजनैतिक अस्थिरताको चपेटामा पर्दै गयो । र ०६२÷०६३ को दोस्रो जनआन्दोलन पछि लोकतन्त्र गणतन्त्र हुँदै आज नेपाल संघिय गणतन्त्रको रुपमा अगाडी बढी रहेको छ ।
राणा शासन देखि आजको संघिय गणतन्त्र नेपाल सम्म आइपुग्दा नेपालका कति सन्तानहरुले आफ्नो बलिदान दिए त्यसको लेखाजोखा कोही सैग छैन् । कति परिवार बेघर भए । कति आमाका कोख रितिए त कति चेलिका सिन्दुर पुछिए ।
ती बलिदानी नेपालिले ज्यान बलि दिएर बनेको आजको नेपमलको अवस्था राणा शासन भन्दा बतर बन्दै जानु आफैमा लज्जास्पद कुरो हो । आज राजनीति फोहोर बन्दै गएको छ जसले नेपाली समाज कता जादैछ त्यसको हेतु कुनै राजनीतिज्ञसँग यसको जवाफ छैन । अझ भनौं यहाँ आजको दिनलाई हेर्दा राजनीतिज्ञ हैन नेता मात्र देखिन्छन् । जसलाई असलमा राजनीतिको परिभाषा नै ज्ञात छैन भन्दा फरक नपर्ला ।
संघिय नेपालमा संघिता व्यवस्थापन गर्न चुनौति बन्नु बलिदानी सहिदलाई गिज्याउनु सरह भएको छ । धेरै क्रान्ति पछि पनि नेपालि समाज परिवर्तन हुन सकेको छैन् । झन भन्दा झन विकराल रुप लिदैछ समाजले । नेपाली जनता अझै पनि गरिविकी चपेटामा पिरोलिरहेका छन् । आम जनताले चाहेको संघिय नेपाल यो होइन् । नेपालीले रोजगारी चाहेको छ सुख समृद्घि चाहेको छ ।
आजको राजनीति भ्रष्ट बन्दै गएको छ । नेताहरुलाई समाज र नेपाली जनताको चिन्ता छैन । चिन्ता छ त केवल सत्ताको । यदी चिन्ता सत्ताको होइन भने संघिय नेपाल कनेको दिन देखि हरेक पार्टीका एउटै एजेण्डा कसरी भए ? यतिका बर्षमा पनि किन एजेण्डा परिवर्तन हुन सकेनन् । खाली उच्च शिक्षाको कुरा हुन्छ । गरिबी निवारणको कुरा हुन्छ । राम्रा सडकको कुरा हुन्छ । रोजगारिको कुरा हुन्छ । तर फगत कुरामा नै सिमित किन हुन्छ ? किन सडक बन्न सकेन । बनि हाल्यो भनि पनि एक बर्ष सम्म पनि टिक्दैन किन ? यहाँ गम्भिर रुपमा मनन गर्नुपर्ने कुरा छ ।
यदि नेपाली जाताले चाहेको सबै भयो । रोजगारी मिल्या,े उच्च शिक्षा मिल्यो, गरिबी निवारण भयो, देश समृद्घ भयो भनि पार्टीको एजेण्डा के राख्ने र नेपाली जनतालाई के भनेर आफ्नो पक्षमा पार्ने त ?
भनिन्छ नेपाली कतिपय जनता एक छाक मासु भातमा आफ्नो अमुल्य भोट दिएर गलत प्रतिनिधि चयन गर्छन् अनि सरकार भएन भनेर गुनासो गर्छन भन्ने गरिन्छ । तर वास्तवमा नेपाली आम सर्वसाधारण जनता राणा कालमा पनि मौन नै थिए आज पनि मौन नै छन् । उनीहरुलाई त केवल आफ्नो भोको पेटको चिन्ता छ । साचै भन्ने हो चनी सडकमा गएर आन्दोलन गर्दै कुनै कुराको पनि विरोध गर्दैनन् । किनकी म फेरी पनि भन्छु उनिहरुलाई आफ्नो भोको पेटको चिन्ता छ । वास्तविक आम जातालाई न त राजनिति थाहाँ छ न त भोटको महत्व ।
सडमा उत्रिने, हरेक कुरामा विरोध जनाउने पार्टीका झोले नेताहरु हुन । जुन विपक्ष पार्टीलाई कमजोर देखाएर आफू महान हुन चाहन्छन् । होला ठूलो जमातले आन्दोलन गरिरहेको होस् तर त्यहाँ पुगर विरोध गरिरहेको एक आम सर्वसाधारणलाई गएर सोधनुस् ‘तपाई केका लागि आन्दोल गर्दै हुनुहुन्छ ?’ उसको जवाफ हुन्छ – ‘थाहा छैन ।’ यो कुरा म ठोकुवा दिएर भन्न सक्छु की उसलाई केही थाहा छैन । उसलाई त्यहाँ एक छाक खानाको लोभ यात केही पैसा दिएर ल्याइएको हुन्छ । उसले त्यहाँ आन्दोलन देख्दैन देख्छ त केवल भाको पेट । म बारबार यहि भन्छु की उसलाई त केवल भोको पेटको चिन्ता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.