मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका ९ कार्की डाडा स्थित भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ७८ बर्षीया शिवमाया दाहाल रहेकी छन् । हिजो बेलुका ८ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्र. १ -०१-०१२ प ५९९८  नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेकी दाहाललाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते दाहालको बि.एस.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती सँवा १२ बजे मृत्यु भएको हो । मोटरसाईकल प्रहरी चौकी शनिश्चरेको नियन्त्रणमा रहेको छ भने चालक झापा बुद्धशान्ति गाऊपालिका १ भोटेटारका २१ बर्षीय प्रेम गुरुङ फरार रहेकाले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *