प्रदेश १ मा पहिलो पटक न्यूरो अस्पतालले ल्यायो जोर्नी प्रत्यारोपण उपचार सेवा

प्रदेश १ मा पहिलो पटक न्यूरो अस्पतालले ल्यायो जोर्नी प्रत्यारोपण उपचार सेवा

विराटनगर । विराटनगर महानगरपालिका १० स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियल अस्पताल हाडजोर्नी सम्बन्धि विरामीहरुको लागि उत्कृष्ट अस्पतालको रुपमा चिनिदै आएको छ । यस न्यूरो अस्पताल सडक दुर्घटनामा परी घाइते भएका विरामीहरुको लागि एक भरपर्दो गन्तव्यको रुपमा पर्दै आएको छ । विराटनगरको सबै अस्पताल मध्य सबैभन्दा बढी हाडजोर्नी सम्बन्धि विरामीहरुको पहिलो रोजाइमा यस अस्पताल पर्न सफल भएको छ ।
अत्याधुनीक उपकरण र अनुभवि वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सकहरुबाट सवल तथा सुरक्षित रुपमा राम्रो सेवा प्रदान गर्दै आएका कारण सबैको रोजाइमा न्यूरो अस्पताल पर्न गएको हो ।
केही समय यता यस अस्पतालले विरामीहरुको उपचारको लागि जोर्नी प्रत्यारोप उपचार सञ्चालनमा ल्याएकोे छ ।

प्रदेश १ मा पहिलो पटक न्यूरो अस्पतालमा सोल्जर (काँध) को अर्थोस्कोपिक शल्यक्रिया दुरबिनको मध्यमबाट गरिन सुरु गरेको छ । काँधको शल्यक्रिया काठमाण्डौं र विदेशतिर मात्र हुने गरेको थियो । प्रदेश १ मा पहिलो पटक न्युरोमा उपचार सुरु भएको अस्पतालले जनाएको छ । यस्तै न्यूरोमा अर्थोस्कोपिक प्रविधीबाट, हाडजार्नी सम्बन्धी उपचार, मेरुदण्ड शलयक्रिया, मेरुदण्डमा स्टिल हाल्ने, जोर्नी प्रत्यारोपण (घुँडा, कम्मर तथा कुहिना) को हुने गरेको छ । जोर्नी प्रत्यारोपण सम्मको उपचार सेवा सुरु भएपछि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. नवीनकुमार कर्णले बताए ।

‘दुरबिनको माध्यमबाट गरिने काँधको शल्यक्रिया यो भर्खरै सुरु गरिएको सेवा हो । यो विराटनगरमा नयाँ हो । यो दुई थरीको हुन्छ । कसैलाई चोट लागेर काँधको जोर्नी खुस्किन्छ । यसरी जोर्नी खुस्कियो भने तानेर ल्याउँछौं । दुइ वा दुई भन्दा बढी पटक खुस्कियो भने दुरबिनको माध्यमबाट शल्यक्रिया गरिन्छ । त्यसलाई दुरबिनबाट ठाउँमा सेट गरिन्छ र ठिक हुन्छ,’ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. कर्णले भने, ‘अर्को भनेको उमेर बढदै गयो भने सोल्जरको मसल्स च्यातिने हुन्छ । त्यसलाई पनि दुरबिनको माध्यमबाट शल्यक्रिया गरिन्छ ।’अहिले काँधमा समस्या भएपछि यसको शल्यक्रिया गराउन आउने विरामी पनि बढेको डा. कर्णले बताए । ‘सुरुवाती चरणमा ६ महिनामा एक पटक एक जनाको काँधको शल्यक्रिया हुने गरेको थियो । अहिले महिनामा एक जना विरामी आउने गरेका छन् । सचेतना र विरामीको सफल उपचार भएपछि यस रोगका विरामी पनि आउने गरेका छन्,’ उनले भने, ‘यसअघि काँधको शल्यक्रिया गराउन काठण्डमौ वा भारतलगायतका विभिन्न देश जानुपर्ने अवस्था थियो । न्यूरोमा प्रविधिको माध्यमबाट शल्यक्रिया सुरु भएपछि विदेश जानुपर्ने बाध्यता पनि अब हटेको छ ।’न्युरो अस्पतालमा घुँडाको प्रत्यारोपण हुन थालेपछि हालसम्म २७ वटा गरिएको छ । ६ जनाको दुवै घुँडाको शल्यक्रिया गरिएको छ । घुँडा प्रत्यारोपणका लागि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको उनले बताए । चिकित्सकका अनुसार ५० वर्षमाथिका वृद्धवृद्धामा घुँडाको हाड बढेर हुने दुखाइ कम गर्न यस्तो प्रत्यारोपण गरिन्छ । घुँडाको हाड काटेर त्यसमा नयाँ निर्मित जोइन्ट इम्प्लान्ट राखिन्छ । खासगरी वृद्धाअवस्था भएपछि घुँडा दुख्ने समस्या आउने गरेको बताउँदै चिकित्सक कर्णले भने, ‘अपरेसनपछि पूर्ववत् अवस्थामा फर्कन सकिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.