सबैले माया मारिसकेका विरामको सफल शल्यक्रिया

सबैले माया मारिसकेका विरामको सफल शल्यक्रिया

विराटनगर । विराटनगर –३ कञ्चनबारीमा रहेको आर्या न्युरो अस्पतालले एक जटिल विरामीको सफल रुपमा शल्यक्रिया गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका –९ का ६० बर्षिया तेज नारायण चौधरीको अस्पतालले शल्यक्रिया गरेको हो । चौधरीलाई केही महिना अगाडी आफ्नै घरमा घरायसी काम गर्ने क्रममा प्रेसरले हानेर टाउकाको स्वचालित मांसपेशीमा पूर्ण रुपमा पक्षघात भएको थियो । जसलाई ‘लक्ड इन–सिनड्रम’ पनि भन्ने गरिन्छ । प्रेसरले पक्षघात भएका चौधरीलाई विराटनगर तथा धरानका विभिन्न अस्पतालसम्म लैजादा समेत केही हुन नसकेको छोरी सुशिला चौधरीले बताइन् । अस्पताल लगेको केही सम्म पनि बुबाको होस नआएका कारण अब उहाँको उपचार समभव नभएको भन्दै अस्पतालले विदा दिएपछि हामीले घर लिएर गयौं । ‘घरमा लगेको केही दिनमा उहाँले हात अलिअलि चलाउन थालेपछि आफन्तको सल्लाहमा यस अस्पतालमा पुष १ गते भर्ना गरेका थियौं ।’ आर्या न्यूरो अस्पतालमा भर्ना भएका चौधरीको वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपालले चौधरीको सफल रुपमा शल्यक्रिया गरेका थिए । विरामीको स्वास्थ्यमा सुधार आएपछि शल्यक्रिया गरेको १८ दिन अस्पतालमा राखेर डिस्चार्ज दिइएको अस्पतालले जानकारी दिएको छ । यस आर्या न्युरो अस्पतालले चौधरीको मात्र नभई अन्य जटिल विरामको शिकार भएका विरामिहरु पनि सफलता पूर्वक उपचार गरेको छ । चौधरीको जस्तै अन्य अस्पतालबाट उपचार हुन नसकेपछि टाउका सम्बन्धि जटिल समस्या लिएर इनरुवा ३ की ३९ बर्षिया पुष्पालत्ता सुब्ब उपचारको लागि आएकी थिइन् । सुब्बाको टाउकोमा रगत जमेको थियो । जसका कारण सुब्बाको शल्यक्रिया सफल हुन्छ भन्नेर भन्न सक्ने अबस्था थिएन । डाक्टर नेपालले विरामीको अवस्था निक्कै जटिल भएको कारण सफल हुन्छ नै भन्न नसक्ने अवस्था बारेमा परिवारलाई यस बारेमा जानकारी गराई विरामीको ज्यान जान सक्ने अवस्थाको जोखिमका बाबजुत ३ घण्टा बढी समय लगाएर सफलतापूर्वक शल्यक्रिया गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.