चोरीमा संग्लग्न रहेका ३ जना पक्राउ

चोरीमा संग्लग्न रहेका ३ जना पक्राउ

बिराटनगर । सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट चोरीमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र-८ सुनसरीका २७ बर्षीय अटल राई, शिवसताक्षी नगरपालिका-‍ ९ का २१ बर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका -६ का २७ बर्षीय दिलिप लिम्बु रहेका छन् । राईलाई धरानकी टिनु बज्राचार्यको को ३१ प २४४ नम्बरको स्कुटर चोरी गरेको आरोपमा चोरी भएको स्कुटर सहित बराहक्षेत्र-६ बाट पक्राउ गरेको हो । मंसिर ३ गते धरानबाट हराएको उक्त नम्बरको स्कुटर खोजतलास गर्ने क्रममा फाल्गुन ८ गते स्कुटर सहित राई पक्राउ परेका हुन् । यसैगरी माघ १८ गते मोरङको सुन्दरहरैचा नगरपालिका-९ मा सुर्य कट्टेलले संचालन गर्दै आएको किराना पसलमा चोरी गरी फरार रहेका भण्डारी र लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो । पसलमा बिक्रीको लागी राखिएको रिचार्ड कार्ड लगायत अन्य समान सहित १ लाख ५० हजार बराबरको समान चोरी भएको भन्ने सूचना पाए संगै चोरीमा संग्गल्नहरुको खोजतलास गर्ने क्रममा दुबै जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले ४९ हजार ८ सय बराबरको एनसेलको रिचार्ज कार्ड र नगद रू २५ हजार समेत बरामद गरेको छ । चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.