जेब्रा झोलामा भेटिएको शवको ६ दिनपछि पहिचान

जेब्रा झोलामा भेटिएको शवको ६ दिनपछि पहिचान

धरान । कोसी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डमा पर्ने धरान– ४ स्थित आँपगाछी क्षेत्रको जंगलमा भेटिएको शवको ६ दिनपछि पहिचान खुलेको नयाँ पत्रिकाले प्रकाशित गरेको छ । दुईवटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछुट्टै फेला परेको शव झापाको दमक नगरपालिका– ५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

दमक नगरपालिका– ५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार सिग्देलले दमक– ५ बाट राहदानी बनाएको र इलामको चुलाचुलीबाट उनको नागरिकता रहेको खुलेको छ । दमकमा चिनिएको मान्छे नभएको वडाध्यक्ष गुरुङले जानकारी दिए । प्रहरीका अनुसार उनी दाजुको घरमा गएको बताइएको छ । पारिवारिक कारणले हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । छिट्टै घटनामा संलग्नको  पहिचान गरेर सार्वजनिक गरिने एसपी थापाले जानकारी दिए ।  गत बुधबार र बिहीबार धरान– ४ को आँपगाछी क्षेत्रको जंगलमा दुईवटा झोलामा हाट, खुट्टा, टाउको र शरीरको टुक्राटुक्रा अवस्थामा  अवस्थामा शव भेटिएको थियो । शव पहिचानका लागि प्रहरीले स्केच तस्बिर बनार सार्वजनिक गरेको थियो ।  उक्त घटनामा संघीय प्रहरी इकाइ कार्यालय, इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.