झापा। झापाको गौरादह नगरपालिका १ गुरुङ चौक स्थित गौरादह-पाडाजुङि सडक खण्डमा दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी १ कि ५३ बर्षीया हिमा देवी दाहाल रहेकी छिन । हिजो दिउसो १ बजे दक्षिणबाट उत्तर दिशातर्फ जाँदै गरेको मे. १ ख २६९८ नम्बरको ट्रकले ठक्कर दिँदा बिपरीत दिशाबाट आउदै गरेको प्रदेश १-०१-०१४ प ३३२६ नम्बरको मोटरससाईकलमा पछाडी सवार रहेकि हिमा देवीको घटनास्थलमा नै मृत्यु भएको थियो भने घटनामा संलग्न ट्रक र चालक गौरादह १ का ३६ बर्षीय सन्तोस अधिकारी ईलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको सोहि कार्यालयले जनाएको छ ।