स्कारपियो दुर्घटनाबाट १ जनाको मृत्यु ५ जना घाईते 

स्कारपियो दुर्घटनाबाट १ जनाको मृत्यु ५ जना घाईते 

सुनसरी। सुनसरीको कोशी गाँउपालिका-६ स्थित पुर्व पश्चिम राजमार्गमा स्कारपियो दुर्घटना हुँदा स्कारपियोमा सवार १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । मृत्यु हुनेमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका ५ बस्ने ५० बर्षीय दिलिप मण्डल रहेका छन् भने घाईते हुनेहरुमा कंकालिनी नगरपालिका ५ कै  ६० बर्षीय लक्ष्मण साफी, ३६ बर्षीय राजेश मेहता, ४४ बर्षीय राम कुमार रजक, ४८ बर्षीया राम कुमारी देवी रजक र ५० बर्षीय उमेश कुमार साफी रहेका छन् । घाईतेहरुको जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचार भई रहेको छ । हिजो राती ९ बजे पश्चिमबाट पुर्बतर्फ आउदै गरेको प्रदेश नं. २-०१-००१ च ००३१ नम्बरको स्कार्पियो गाडी रोकि राखेको वि. आर.–०१– जी.ए.–४४८३ नम्बरको भारतिय ट्रक ठक्कर खाई अनियन्त्रित हुँदा पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ७ ख ५८३ नम्बरको ट्रकमा समेत स्कारपियो ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा संलग्न तिनवटै सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.