कार चोरीमा संग्लग्न रहेका ३ जना लागुऔषध सहित पक्राउ

कार चोरीमा संग्लग्न रहेका ३ जना लागुऔषध सहित पक्राउ

मोरङ। मोरङको बेलवारी नगरपालिका-१ सिनेमा हल अगाडीबाट आईतवार बिहान हराएको कार खोजतलास गर्ने क्रममा हराएको कार र लागुऔषध सहित ३ जनालाई प्रहरीले सोही दिन पक्राउ गरेको छ । आईतबार बिहान ८ बजे मोरङको बेलबारी नगरपालिका-३ का ४३ बर्षीय रिक्तमान गुरुङले बेलबारी -१  सिनेमा हल अगाडी पार्किङ गरी राखेको अवस्थामा प्रदेश ३-०१-०२५ च ९७५० नम्बरको  कार हराएको भनि ईलाका प्रहरी कार्यालय बेलबारीमा हुलिया निबेदन दिएकोमा  खोजतलास गर्ने क्रममा सोही दिन दिउँसो सुन्दरहरैचा नगरपालिका-७ विश्वकर्मा मन्दिरबाट उक्त कार फेला परेको थियो । कार फेला परे संगै उक्त कारमा रहेका बेलबारी नगरपालिका-३ का ३६ बर्षीय सुरज गुरुङ , केरावारी -१० का  २५ बर्षीय  तेज कुमार मगर र केराबारी-७ का  २६ बर्षीय नगेन्द्र लिम्बुलाई नियन्त्रणमा लिई उक्त कार चेकजाँच गर्ने क्रममा लागुऔषध डाइजेपाम ११ एम्पुल , एभिल ९ एम्पुल, फेरागन १० एम्पुल , र लुपिगेसिक१० एम्पुल गरि जम्मा ४० एम्पुल बरामद  भएको  छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको  थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.