राष्ट्रिय क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कपमा आर्मी क्लब विजयी

राष्ट्रिय क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कपमा आर्मी क्लब विजयी

प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै विजयी भएको हो । जीतका लागि आर्मीले कर्णाली प्रदेशलाई ११७ रनको लक्ष्य दिएको थियो । जवाफमा कर्णाली प्रदेश १४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटियो ।

कर्णाली प्रदेशका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक १५ रनको योगदान दिए भने अर्जुन घर्तीले १६ रनको योगदान दिनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । प्रकाश जैसीले आठ रन जोडे भने निश्चल रावलले दुई तथा दिनेश अधिकारी र हिमांशु शाहीले एक÷एक रन जोडे ।

कर्णाली प्रदेशलाई सस्तैमा समेट्नेक्रममा आर्मीका जीतेन्द्र मुखियाले चार विकेट लिए भने सुशन भारीले र साहब आलमले दुई÷दुई विकेट लिए । सोमपाल कामी र विक्रम सोबले एक÷एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको आर्मीले १९ दशमल एक ओभरमा सबै विकेट गुमाउँदै ११६ रनको योगफल तयार गरेको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले २९ रनको योगदान गरे भने हरि चौहानले २० रन जोडे ।

त्यसैगरी रोहित पौडेल र कुशल मल्लले समान १०÷१० रन जोडे । सोमपाल कामी नौ रनमा आउट हुँदा जीतेन्द्र मुखिया आठ रनमा अविजित रहे । बलिङतर्फ कर्णालीका प्रकाश जैशीले तीन विकेट लिए । अनुज चुनराले दुई तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले एक÷एक विकेट लिए ।

आजदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोली सहभागी छन् । प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आर्मी, कर्णाली प्रदेश, पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ रहेका छन् ।

त्यस्तै समूह ‘बी’ मा शसस्त्र प्रहरी बल (एपिएफ) क्लब, प्रदेश नं २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् । दुवै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने आगामी माघ ५ गते हुनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.