शिक्षक तथा विद्यार्थीमा कोरना पुष्टि भएपछि दाङमा विद्यालय एक हप्ताका लागि बन्द

शिक्षक तथा विद्यार्थीमा कोरना  पुष्टि भएपछि दाङमा विद्यालय एक हप्ताका लागि बन्द

 दाङ । दाङको तुल्सीपुरका तीन विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तुल्सीपुर– ८ स्थित अस्वारा मावि, तुल्सीपुर– ६ स्थित राप्ती बाल एकेडेमी र जनता संस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो। तुल्सीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य  निरीक्षक विमल केसीका अनुसार अस्वारामा तीन, सुस्तश्रवणमा ६ विद्यार्थी तथा पाँच शिक्षकमा संक्रमण पुष्टि भएको छ।

त्यस्तै राप्ती बाल एकेडेमीमा अध्ययनरत दुई विद्यार्थी र जनता संस्कृत माविकी एक शिक्षिकामा संक्रमण पुष्टि भएको छ। उनीहरूलाई ‘ओमिक्रोन’ भएको हो वा होइन भनी परीक्षणका लागि टेकुमा पठाइएको र आइतबार रिपोर्ट आइपुग्ने केसीको भनाइ छ। विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएपछि अस्वारा मावि एक हप्ताका लागि बन्द गरिएको छ।

पछिल्लो समय शिक्षक र विद्यार्थीमा संक्रमण देखिएको भन्दै यसका लागि सचेत हुन आवश्यक रहेको उनले बताए। ‘विद्यार्थी र शिक्षकमा नै कोरोना देखिएको छ,’ जनस्वास्थ्य  निरीक्षक  केसीले भने, ‘यसले  स्थिति भयावह ल्याउन सक्छ, त्यसैले सचेतना फैलाउन आवश्यक छ।’ केही समयका लागि विद्यालय बन्द गर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।

मेट्रो अस्पतालका ६ स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको उनले जानकारी दिए । साथै उपमहानगरपालिकाका दुई कर्मचारीमा पनि कोरोना देखिएको छ। प्रायः कोही भारतबाट आएका हुन् भने कोही पोखरा, काठमाडौंंलगायतका स्थानमा ‘टुर’ गएर आएका रहेका निरीक्षक केसीले बताए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.