नोबेल शिक्षण अस्पतालका सञ्चलकलाई पक्राउ गर्न ग्रिह मन्त्रालयको आदेश

नोबेल शिक्षण अस्पतालका सञ्चलकलाई पक्राउ गर्न ग्रिह मन्त्रालयको आदेश

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक सुनिल शर्मालाई पक्राउ गर्न ग्रिह मन्त्रालयको आदेश दिएको छ ।

एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग नियम विपरित अतिरिक्त रकम असुल गरेको आरोपमा मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाण्डौंलाई यस्तो निर्देशन दिएको हो ।

शिक्षण अस्पतालहरुले तोकिएको भन्दा ३५ देखि ४० लाख रुपैयाँसम्म बढी शुल्क लिएपछि आयोगले  विराटनगरको नोबेल शिक्षण अस्पताललाई ४८ घण्टे स्पष्टिकरण सोधेको थियो । स्पष्टीकरणमा  शिक्षण अस्पतालले आयोगद्वारा निर्धारित शुल्क मात्र लिने प्रतिबद्धता जनाएको  थियो  । तर, नोबेलले बढी शुल्क लिन नछाडेपछि  विद्यार्थीहरुको उजुरीको आधारमा बुधबार गृह मन्त्रालयले सञ्चालक शर्मालाई पक्राउ गरि प्रचलित कानुन अनुसार कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।

गृहबाट पत्र आएको बिषयलाई पुष्टि गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बिहीबार घटना सम्बन्धमा विस्तृत अनुसन्धान गरिने बताए । अनुसन्धानको क्रममा सञ्चालक शर्मा दोषी देखिए उनीमाथि ठगी मुद्दामा कारबाही अघि बढाईने उनले  जानकारी दिए ।

चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीको शिक्षण शुल्क ४४ लाख ३६ हजार ५२ निर्धारण गरेको छ । तर, नोबेल शिक्षण अस्पतालले विश्वविद्यालय सम्बन्धन शुल्क, रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क र होस्टेल शुल्क लगायतका विभिन्न शीर्षकमा विद्यार्थीहरुसँग ३५ देखि ४० लाख रुपैयाँ अतिरिक्त असुल गर्दै आएको छ । चिकित्सा शिक्षा आयोगले छात्राबास ऐच्छिक हुने निर्णय गरेको भएपनि नोबेलले त्यसलाई अनिवार्य गरेर विद्यार्थीहरुसँग मासिक २४ हजार असुल गर्ने गरेको छ । यसबाहेक कलेजले खानाको ७ हजार र बिजुलीबत्तीको समेत बेग्लै शुल्क लिने गरेको छ ।

यसका अतिरिक्त नोबेल मेडिकल कलेजले एमबिबिएस अध्ययनरत विद्यार्थीहरुसँग काठमाण्डौं विश्वविद्यालय रजिष्ट्रेशन शुल्क बापत २५ हजार, काठमाण्डौं विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार ५ सय ७९, नोबेल मेडिकल कलेज रजिष्ट्रेशन शुुल्क बापत ५ हजार र काठमाण्डौं विश्वविद्यालय परीक्षा शुल्क बापत एकमुष्ठ ११ हजार असुल गर्ने गरेको विद्यार्थीहरुले बताएका छन् । कलेजले भने अनुसारको पैसा नतिर्ने विद्यार्थीहरुलाई पठनपाठनबाट समेत बञ्चित गराउने गरिएको उनीहरुको भनाई छ ।

नोबेलमा एमबिबिएस अध्ययन गर्ने १०० जना विद्यार्थीहरु छन् । जसमध्ये हाल २७ जनाले मात्र कलेज भनेको सबै शुल्क भुक्तानी गरेका छन् । उनीहरुले नियमित कक्षा समेत लिईरहेका छन् । तर, मनोमानी ढङ्गबाट निर्धारण गरिएको उक्त अतिरिक्त शुल्क तिर्न नसक्ने विद्यार्थी हाल पठनपाठनबाट बञ्चित छन् । मङ्सिर १९ गतेदेखि नियमित पठनपाठन सुरु भईसकेको भएपनि कलेजले उनीहरुलाई कक्षाकोठामा प्रवेश दिएको छैन् । त्यसयता एमबिबिएस अध्ययनरत बाँकी ७३ जना विद्यार्थीहरु चरणबद्ध आन्दोलनमा छन् ।

आन्दोलनकै क्रममा बुधबार विद्यार्थीहरुले अस्पताल प्रशासनमा अनिश्चितकालीन तालाबन्दी र चर्को नाराबाजी समेत गरेका छन् । विद्यार्थीहरुको आन्दोलनप्रति मोरङका संयुक्त विद्यार्थी संगठनले समर्थन जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.