इन्टरनेटको प्रयोग आजको आवश्यकता

इन्टरनेटको प्रयोग आजको आवश्यकता

एन्जु शिवाकोटी । आजको समय सुचना र प्रविधिको हो । इन्टरनेट आजका दिनमा सबैलाई अतिआवश्यक प्रविधि बनिसकेको छ । कोरोना भाइरस महामारीको कारण अझ बढी लोकप्रिय बन्दै गएको छ इन्टरनेट सेवा । अनलाइन पढाई, अनलाइन व्यापार व्यवसाय अनलाइन सपिङ्गदेखि अनलाइन भुक्तानी समेतका लागि इन्टरनेटको प्रयोगकर्ता बढिरहेको पाइन्छ । पानीको महशुल, टेलिफोनको महशुल, विद्युत्त महशुल जस्ता कार्यहरु घरमै बसेर इन्टरनेटको माध्यमद्धारा अनलाइन कारोबार गर्न सकिन्छ । कोरोना महामारीले गर्दा आजको दिनमा मानिसहरु बाहिर भिड्भाडमा जान चाहाँदैनन् तयसैले आफ्नो दैनिकी आवश्यकता परिपूर्तिको लागि पनि अनलाइन् मार्फत गर्ने गर्छन् । जसले गर्दा इन्टरनेट मानिसहरुका लागि नभइनहुने प्रविधि बनिरहेको छ ।
आज सबैको हात हातमा मोबाइल छ । इन्टरनेटको माध्यमबाट घरबाटै एउटा मोबाइलको भरमा आफ्ना दैनिकी काम गर्न सहज बनेको छ । व्यवसायिक दृष्टिकोणले हेर्दा पनि अनलाइन कम्पनिहरुहरु थुप्रै खुलेका छन् । घरमै बसेर करोडौंको कारोबार सहज तरिकाबाट भइरहेको छ । एकै ठाउँमा बसेर संसार भरका खबर हेर्न र सुन्न सक्छौं ।
साँच्चै भन्ने हो भने संसार साँघुरो हुँदै जाँदै छ । घरमै बसेर देश तथा विदेशका मान्छेसँग कुराकानी गर्न तथा व्यापार गर्न इन्टरनेटले राम्रो भुमिका खेलेको छ । सबै काम सहज रुपमा गर्न सकिने भएका कारण अनलाइन माध्यम लोकप्रिय बन्दै गएको हो ।
जति प्रविधिको विकास हुदै गयो जति सहज वातावरण बन्दै गयो त्यती नै दुरी मानिसबाट मानिसका बढ्दै गयो । एक्लै रमाउन थालेका छन् आजभोली मानिसहरु । साथिभाई आफन्तभन्दा नजिकको र विश्वसनिय बन्दै गएको छ इन्टरनेट । एउटै छानामुनि बसेर पनि टाढा छन् आजभोलिका मानिसहरु । कोही साथिभाई धेरै पछि भेट हुदाँ भन्द बन्द कोठामा बसेर इन्टरनेट चलाउन पाउँदा खुसी हुन्छन् । कोहीसँग बोल्ने फुर्दस मिल्दैन जब मोबाइल तथा कम्युटर अगाडी बसेर इन्टरनेट चलाइरहेका छन् ।
सामाजिक सञ्जाल यसको प्रमुख कारण बन्दै गएको छ । मानिसलाई एक प्रकारको लत बनिसक्यो सामाजिक सञ्जाल चलाउने । फेसबुक,टुइटर,इस्टाग्राम,टिकटक जस्ता कुनैन कुनै सामाजिक सञ्जालमा मानिसहरु सक्रिय भएकै देखिन्छ । जसमध्य हाल टिकटक अझ लोकप्रिय बनेको छ । मानिसहरुले आफ्नो कलालाई प्रस्तुत गर्न सक्ने राम्रो स्थान बनेको छ टिकटक । तर यहि सामाजिक सञ्जालका कारण साइबर क्राइम बढ्दै गएको छ । बदलाको भावनाले चरित्र हत्या गर्न गोपनियता भङ्ग गरेर कसैको जीवनलाई आत्मा हत्यासम्मको बाटोमा डोहो¥याउन मद्दत गर्दैछ इन्टरनेटले ।

आजको समयमा इन्टरनेटको प्रयोगले व्यापार व्यवसायदेखि दैनिक जीवन गुजारा गर्नसम्म सहज बनाइ रहेको छ भने दिन प्रतिदिन यसको दुरुपयोग हुँदा अपराधिक क्रियाकलाप बढ्दै गएको छ । इन्टरनेट चलाउनु एक लत बनेको छ आज । जसले कालान्तरमा गएर नराम्रो असर पार्न सक्छ । आवश्यक कामको लागि मात्र इन्टरनेटको प्रयोग गरौं । सबैले इन्टरनेटको सहि सदुपयोग गरौं । किनकी इन्टरनेटको प्रयोग विकृती होइन तर उचित प्रयोग गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.