जाडोले कठ्याङग्रीएर विराटनगरका एक वृद्धाको मृत्यु

जाडोले कठ्याङग्रीएर विराटनगरका  एक वृद्धाको मृत्यु

विराटनगर । विराटनगर – १२ मंगलबारे बजारमा एक जना वृद्धा मृत भेटिएका छन् । सोमबार विहान विराटनगर – ६ घर भएका ६५ वर्षिय राम भरोस रौनियार साह मृत भेटिएका हुन् ।

मंगलबारे बजारमा साह लडेको देखेपछि स्थानियले प्रहरीलाई बखर गरेका थिए । विराटनगर ६ घर भएपनि साह विराटनगर १२ मा हिडडुल गर्दै आएका थिए । उनी एक्लै बस्दै आएको विराटनगर १२ का वडाअध्यक्ष हिरालाल कामतले जानकारी दिए । शरिरमा कुनै पनि चोटपटक नलागेकोले सीतलहरसँगै बढेको जाडोले कठ्याङग्रीएर मृत्यु भएको हुनसक्ने उनले बताए । घटनास्थलमा मोरङ प्रहरीको टोली पुगेर घटनाबारेमा अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । मृतक साहको पोस्मार्टम गर्न विराटनगरस्थित कोशी अस्पतलामा लगेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *