कोशी अस्पतालको सटर कवलमा खुलेआम सूर्तिजन्य पदार्थको बिक्री वितरण

कोशी अस्पतालको सटर कवलमा खुलेआम सूर्तिजन्य पदार्थको बिक्री वितरण

एन्जु शिवाकोटी,विराटनगर । विराटनगर स्थित कोशी अस्पतालको सटर कवलमा खुलेआम सूर्तिजन्य पदार्थको बिक्री वितरण भइरहेको छ । कोशी अस्पतालको मुल प्रवेशद्वारको दक्षिण र उत्तरतर्फका दर्जनभन्दा बढी सटरहरूमा सूर्तिजन्य पदार्थको बिक्री हुने गरेको छ । अझ रोचक कुरा के भने ति सटरहरूमा हुने सूर्तिजन्य पदार्थको बिक्री अस्पतालका कर्मचारीले नै सुरू गराएको सुत्रले दावी गरेको छ ।
कर्मचारीलाई अस्पताल परिसरकै सटरबाट सूर्तिजन्य पदार्थ खान सजिलो हुने र हिँड्नु नपर्ने भएकाले कर्मचारीकै संरक्षणमा ती सटर पसलले सूर्तिजन्य पदार्थ बेच्ने गरेको खुलासा भएको हो । कतिपय कर्मचारीका खाता समेत ति सटरपसलमा चल्ने गरेको र कतिपयले समयमा खाएको सुर्तिजन्य पदार्थको रकम भुक्तानी नगर्दा कारोबार संकटमा परेको समेत सुत्रको दावी छ ।
कोशी अस्पतालको सटर मासिक ९ हजारमा भाडामा लिएर पसल थापेका एक व्यापारीले नाम नबताउने सर्तमा केहि समय अघि पनि सूर्तिजन्य पदार्थको खुलेआम बिक्री वितरण हुने गरेको बताए । त्यसबारेमा विभिन्न मिडियामा समाचार प्रकासित भएपछि केहि समयका लागि बिक्री बन्द भएपनि कर्मचारीहरूकै आग्रहमा गुल, गुटखा, खैनी र चुरोटको बिक्री सुरू गरिएको स्वीकार गरे । उनले सटरबाट सुर्तिजन्य पदार्थ बिक्री गरिरहँदा कसैले कुनै अवरोध नगरेको र अस्पताल प्रशासनले पनि केहि नभनेको स्पष्ट पारे ।images-2
अस्पतालकै प्रशासन भवन र परिसरभित्रपनि सूर्तिजन्य पदार्थका खोलहरू यत्रतत्र छरिएको सजिलै देख्न पाइन्छ । सटरबाट मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने सूर्तिजन्य पदार्थको बेरोकतोक बिक्री वितरण अस्पताल परिसरबाटै हुँदा पनि सरोकारवाला निकाय कानमा तेल हालेर सुतेका छन् । इलाज गराउन आउने विरामीलाई समेत नराम्रो असर पर्न थालेको छ । सूर्तिजन्य पदार्थ नियमन र नियन्त्रण गर्ने नियमावली २०६८ ले १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई सूर्तिजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने भनि स्पष्ट किटान गरेपनि त्यो किटानमा मात्रै सिमित छ ।
यस्तै सूर्तिजन्य पदार्थ नियमन र नियन्त्रण ऐन २०६८ ले सरकारी संस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थादेखि सार्वजनिक सवारीका टिकट काउण्टरसम्मलाई सार्वजनिक स्थल मानेको छ र यस्तो स्थलमा सूर्तिजन्य पदार्थको सेवनमा पुर्ण प्रतिवन्ध लगाएको छ । यस्तै ऐनको दफा ११ को उपदफा ३ बमोजिम सार्वजनिक स्थलबाट कम्तीमा १ सय मिटरभिको घर पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउने छैन भनि स्पष्ट किटान भएपनि अस्पताल वरपरका अधिकांश पसलमा खुलेआम सूर्तिजन्य पदार्थको बिक्री वितरण यथावत छ । विराटनगरका बजार र सार्वजनिक स्थलमा खुलेआम सूर्तिजन्य पदार्थको सेवन एवं बिक्री वितरण चलिरहँदा सरोकारवाला तैँ चुप मै चुप छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.